मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई हरायो, २३ अंकसहित शीर्ष स्थानमा

स्ट्राइकर विमल घर्ती मगरको दुई गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४–० ले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ । मछिन्द्र नौ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ । जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मनाङ मर्स्याङ्दीभन्दा चार अंक बढी हो । खेलको ५६ औं मिनेटमा विमलले गरेको गोलमा मछिन्द्रले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि विमलले मछिन्द्रको अग्रता दोब्बर पारेका थिए । ब्रिगेड ब्वाइज भने नौ खेलमा ६ अंकसहित १२ औं स्थानमा छ

सम्बन्धित सामग्री

विमलको दुई गोलमा मछिन्द्रको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड विमल घर्तीमगरको दुई गोलसँगै एक असिस्ट दिएपछि शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई पराजित गरेको छ । मछिन्द्रले बिबिसीलाई ४–० ले पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको स्पष्ट अग्रता बनाउन सफल भएको हो । विमलले दुई तथा रेजित सुब्बा […]

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवौं चरणअन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । पहिलो खेल दिउँसो १ बजे ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबबीच हुनेछ । १२ औं स्थानमा रहेको ब्रिगेडले मछिन्द्रलाई हराएर अंक तालिका सुधार्न चाहन्छ । यस्तै, शीर्ष स्थानमा रहेको मछिन्द्रले ब्रिगेडलाई हराएर […]

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मनाङ शीर्ष स्थानमा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार तीनवटा खेल हुनेछन्। शुक्रबार पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ। अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ। तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैद...