दाङ – सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर दाङको देउखुरीमा एक जनाको घटनास्थलमै ज्यान गएको छ । मङ्गलवार दिउँसो गढवा गाउँपालिका २ चिमचिमेकाे तिरतिरे जङ्गलमा सिकार खेल्न गएका दुई जनामध्ये एक जनाको बन्दुकको गोली लागेर ३९ वर्षीय इन्द्रबहादुर रानाको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिनुभयो ।
दाजु इन्द्रबहादुर र भाइ २७ वर्षीय सूर्यबहादुर राना सिकार खेल्न राष्ट्रिय वनमा गएका थिए । सिकार खेल्ने क्रममा भाइले चलाएको भरुवा बन्दुकको गोली लागेर दाइ इन्द्रबहादुरको ज्यान गएको &...