विभिन्न २३ राजनीतिक संगठनले भारतीय टेलिभिजन च्यानल न्यूजका सम्पादक अनधिकृत रुपमा कालापत्थर पुगेर आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै भत्र्सना गरेको छ । देशको अपमानित गर्ने व्यक्तिलाई उपयुक्त कारवाही चलाउन परराष्ट्र मन्त्रालयमार्फत् पहल गर्ने काम अविलम्ब अघि बढाउन संगठनले सरकारसँग जोडदार माग गरेको छ ।
२३ राजनीतिक संगठनको तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा परराष्ट्रमन्त्रीको भारत भ्रमणका कालापानीबाट भारतीय सेना हटाउने कामका लागि पहल गर्न सुझाव दिइएको छ ।
यस्तै नेपाल र भारतका बीचमा भएको सन् १९५० को असमान सन्धि ...