माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो देशबाट भारतीय सेना तुरुन्तै हटाउने बताउनुभएको छ । बीबीसीसँगको एक अन्तवार्ताका क्रममा राष्ट्रपति मुइज्जुले माल्दिभ्सको भूमिमा आफूहरूलाई कुनै पनि सेनाको उपस्थिति सह्य नहुने भन्दै तुरुन्तै भारतीय सेना हट्नुपर्ने बताउनुभएको छ ।
गएकाे महिना माल्दिभ्सको राष्ट्रपतीय चुनावका बेला उहाँले भारतीय सेना हटाउने वाचा गर्नुभएको थियो, उहाँले आफूले चाँडै चुनावको वाचा पूरा गर्ने दाबी गर्दै भारतीय राजदूतलाई भेटेर पनि यो विषयमा जानकारी गराएको उल्लेख गर्नुभयो ।
विशेषगरी वर्तमान...