नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको साधारण सभा सम्पन्न

काठमाडौं, ७ पुस । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । बैंकको छैठौं वार्षिक सभा केद्रिय कार्यालयको सभाहल, केशरमहल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक आर्थिक विवरण अषाढमसान्त २०७८ को वासलात, आर्थिक वर्ष २०७७÷७८ को नाफा नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण, नाफा नोक्सान […]

सम्बन्धित सामग्री

नेपाल एसबिआई बैंकको साधारण सभा सम्पन्न, लाभांश पनि पारित

पुस २०, काठमाडौं । नेपाल एसबिआई बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलवार सम्पन्न सभाले ३ दशमलव ५० प्रतिशत बोनस शेयर र १ दशमलव ८१ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी सभालदे आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ७ गतेदेखि २० गतेसम्म बन्द गरेको थियो । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ८२ करोड पुगेको छ ।  सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । सभाले कम्पनीको सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।