फुङलिङ । नेपालका आदिवासी किराँत लिम्बू समुदायको महानचाड ‘चासोक तङ्नाम’ विविध सांस्कृतिक पूजाआजा गरी देशभर मनाइँदै छ । यस पर्वमा घरमा भित्र्ययाइएको नयाँ अन्नबाली कुलदेवता युमामा चढाइसकेपछि खानको लागि अनुमति लिने चलन छ ।तङ्नामको अवसरमा नयाँ अन्नबालीबाट बनाइएका परिकार खाने चलन छ । तङ्सिङ, च्याब्रुङ (के) बजाएर...