पूर्व क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायले आज चासोक तङ्नाम धुमधामका साथ मनाउँदै छन् । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउँदै आएका छन् । खेती प्रणालीको विकासदेखि ती समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएको किराँत याङ्थुङ चुम्लुङ ताप्लेजुङका शाखाका सचिव इदिरा मान्याङ्बोले बताइन् । धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ ।आजको दिन किराँत समुदायमा बस्ती चासोक तङ्नाममय बनेको छ । प्रदेश नं १ मा किराँत समुदायको बसोबास भएकाले आज एक दिन सार्