पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने सपना भएको भन्दै त्यसलाई पूरा गर्न गण्डकी प्रदेश सरकार आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म प्रतिबद्ध रहेको बताएका छन् । शनिबार पोखरा उद्योग वाणिज्य संघमा आयोजना गरिएको गण्डकी आर्थिक बहस २०७९ मा बोल्दै मुख्यमन्त्री पोखरेलले कोभिडले थलिएका निजी क्षेत्रहरु अहिले बिस्तारै लयमा फर्किन थालेको बताउँदै सरकारको तर्फबाट हुने सहयोग निजी क्षेत्रलाई सदैव हुने बताए । उनले समृद्ध गण्डकी प्रदेश बनाउने सरका