डोटी – सुदूरपश्चिम सरकारले प्रदेशको राजधानी कैलाली तोकेसँगै यहाँका करोडौँ लगानीमा निर्माण गरिएका दिपायल राजपुरका अधिकांश सरकारी भवन रित्तो अवस्थामा रहेका छन् । पुरानो नौ जिल्लाको क्षेत्रीय सदरमुकाम समेत रहेको दिपायलमा रहेका दजर्नौं सरकारी कार्यालयहरु कर्मचारी नबस्दा रित्तो हुँदै गएका छन् ।
यहाँका क्षेत्रीय स्तरका कार्यालयहरु प्रदेश सरकारले तोकेको राजधानी कैलालीमा सरेपछि कर्मचारी नहुँदा कार्यालय बाँझो बन्दै गएका हुन् । दिपायल राजपुरमा करोडौं लगानीमा सरकारले सेती सभाहल सहित दजर्नौं कार्यालय प्रयाे...