कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको ११ औँ बैठक लगातार तेस्रो पटक पनि स्थगित भएको छ । यसअघि शुक्रबार र आइतबार बोलाइएको बैठक बस्दै नवसी स्थगित भएकोमा मंगलबारका लागि आह्वान गरिएको बैठक पनि सुरु नै नभएर स्थगित भएको हो । असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गरेयता कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन । मंगलबार दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठक नबसेरै सूचना टाँसेर स्थगित ११ गतेसम्मका लागि स्थगित गरिएको छ । अर्को बैठक असार ११ गते दिउँसो