वीरगञ्जको बाल सुधार गृहबाट २ जना कैदीबन्दी भागे

काठमाण्डाै – पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको बाल सुधार गृहबाट दुई जना कैदीबन्दी भागेका छन् । आज शुक्रवार बिहान सुधार गृहको छतबाट हाम फालेर दुई जना भागेका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाले जानकारी दिनुभयो । फरार भएकाहरू कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमा ल्याइएका बाल कैदीबन्दी रहेका उहाँले बताउनुभयो । यसअघि भक्तपुरमा रहेको बाल सुधार गृहमा झडप भएपछि केहीलाई पर्सा लगिएको थियो । भक्तपुरका कैद...

सम्बन्धित सामग्री

नौबस्ता क्षेत्रीय कारागारमा बाल सुधार गृह सञ्चालनमा

बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागार सञ्चालनमा आएको छ ।  नौबस्तास्थित क्षेत्रीय कारागार सञ्चालन गरिए पनि चार वटा ब्लक रहेको क्षेत्रीय कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको हो ।

नौवस्तामा सञ्चालनमा आयो बाल सुधार गृह

१८ वर्ष नाघेका युवायुवतीलाई लक्षित गरेर बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा ‘बाल सुधार गृह’ सञ्चालनमा ल्याइएको छ।...

परम्परागत जेलभन्दा किन भिन्न हुन सकेनन् बाल सुधार गृह ?

देशभरिका बाल सुधार गृहमा देखिएका समस्या मेरा लागि नौला होइनन्, किनकि ती अपेक्षाकृत नै थिए । यसको अर्थ, नराम्रो होस् भन्ने अपेक्षा होइन । त्यो सम्भावना पहिल्यै देखेका थियौं भन्न खोजेको हो । भक्तपुर, वीरगञ्ज, बाँके वा पोखराको घटना होस्, सबैले दिएको सन्देश के हो भने अहिलेको बाल सुधार गृहको मोडालिटीमै समस्या छ भन्ने हो […]

किन अशान्त छन् देशभरिका बाल सुधार गृह ?

पछिल्लो एक महिनामा तीन वटा बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ, कम्तिमा २२ जना घाइते भएका छन् । कम उमेर हुँदा राखिएकाहरु १८ वर्ष नाघेपछि पनि त्यहीँ हुँदा समस्या देखिएको जानकारहरु बताउँछन् ।

बाल सुधार गृह गोली काण्ड: १६ जना उपचारमा

भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा सोमबार भएको झडमा १७ जना घाइते भएका छन्। उनीहरुको उपचार नजिकै रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भइरहेको छ।...

बाल सुधार गृह स्थानीय तहलाई दिन मन्त्रालयको राय

काठमाडौँ– महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाल सुधार गृहको सञ्चालन-व्यवस्थापन स्थानीय तहबाट भएको खण्डमा सेवा, सुविधा र रेखदेखमा सहज र सरल हुने राय प्रस्तुत गरेको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा मन्त्रालयका सचिव सुमनराज अर्यालले पूर्वाधारको कमी र सङ्ख्याको चापले कतिपय बालगृह उचित व्यवस्थापनमा चुनौती देखिएको बताएका छन् । […]

बाँकेमा सुविधायुक्त बाल सुधार गृह

बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहको भवन उद्घाटन गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले बुधबार दुई तले उक्त भवनको उद्घाटन गरेकी हुन ।महिला बालबालिका तथा जेष्ठ नागरिक विभागका अनुसार विभागको कुल दुई करोड २९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सुधारगृह भवनमा १० वटा कोठा रहेका छन् । जसमध्ये […]

बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न मन्त्री रेग्मीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिएकी छन् । आइतबार सुधार गृह भक्तपुरको अवलोकन गर्दै मन्त्री रेग्मीले भान्सा सुधार गर्न निर्देशन दिएकी हुन्  । बाल सुधार गृह व्यवस्थित तरिकाले सञ्चालन गरेकोमा व्यवस्थापन समितिलाई धन्यवाद दिँदै मन्त्री रेग्मीले खानपान स्वस्थ  र  व्यवस्थित हुनुपर्ने बताइन् । 'खाना पकाउने ठाउँ व्यवस्थित हुनुपर्छ,' मन्त्री रेग्मीले भनिन् 'किचन व्यवस्थित हुनुपर्छ।'  मन्त्