प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राजधानीको दरबारमार्गमा भएको सामूहिक बलात्कारको घटना ढाकछोप गर्ने प्रहरी कर्मचारीलाई कडा कारबाही हुने चेतावनी दिएका छन्। दरबारमार्गमा नवनिर्मित भवनको उद्घाटन गर्दै महानीरिक्षक अर्यालले युवती बलात्कारका दोषीलाई कानुनी दायरामा ल्याएर दोषीलाई मद्धत गर्ने प्रहरी अधिकारीमाथि कानुन बमोजिम कारवाही गरी पीडितलाई न्याए दिलाउने बताए। ‘सामूहिक बलात्कार जस्तो जघन्य अपराधलाई ढाकछोप गर्नु चानचुने कुरा…