काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठ र वडा नम्बर ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठलाई आगामी स्थानीय तहको निर्वाचनमा फेरि वडाध्यक्षको उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले बनाएको निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारी दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने हो वा नपर्ने भन्नेमा उनीहरू द्विविधामा छन् । यी दुई वडाध्यक्ष जस्तै यति बेला देशमा ७५३ स्थानीय तह