२० प्रतिशत लगानी गरे युवालाई सरकारले ८० प्रतिशतसम्म ऋण दिन पूर्वअर्थमन्त्री पाण्डेको सुझाव

काठमाडौँ- पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आर्थिक वर्ष २०८०/८१ को बजेटबारे ४ बुँदे सुझाव दिएका छन् । अर्थमन्त्री महतले आयोजना गरेको पूर्वअर्थमन्त्रीहरुसँगको छलफलका क्रममा पूर्वअर्थमन्त्री पाण्डेले ४ बुँदे सुझाव प्रस्तुत गरेका हुन् । पाण्डेसहित अर्थमन्त्री महतले पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, ज्ञानेन्द्रबहादुर कार्की, विष्णुप्रसाद पौडेल र डा. युवराज खतिवडासँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव […]

सम्बन्धित सामग्री

सडक निर्माण अलपत्र सर्वसाधारणलाई सास्ती

पुथाउत्तरगङ्गा गाउँपालिकाका १४ वटै वडा जोड्ने देउखोला–नायगाड–जामाबगर सडकखण्डको निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र छ । २०७५ असोजबाट देउखोला–नायगाड–जामाबगर–त्रिवेणी सडकखण्डको ट्र्याक खोल्ने काम सुरु गरिएको थियो । त्यस बेलादेखि हालसम्म सडक निर्माणका लागि ठेकेदार कम्पनीसँग तीन पटक म्याद थप गरिएको छ तर पनि सडकको ट्र्याक खोल्ने काम नै अलपत्र अवस्थामा रहेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) को बजेटमा पिएच/शङ्कर माली जेभी निर्माण सेवाले सडक निर्माणको जिम्मा पाएको हो । एसियाली विकास बैङ्कको ८० प्रतिशत सहुलियत ऋणमा निर्माणाधीन यस सडकमा सरकारको २० प्रतिशत लगानी रहेको छ ।

मुक्तिनाथ कृषि कम्पनीका ८ सहायक कम्पनीको साधारण सभा पुस २४ मा

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्ना आठओटा सहायक कम्पनीको साधारण सभा एकै दिन गर्ने भएको छ । ८ वटै कम्पनीको साधारण सभा पुस २४ गते बस्ने गरी तय भएको छ । सबै कम्पनीको साधारण सभा बसुन्धारास्थित मुक्तिनाथ कृषि कम्पनीको कार्यालयमा हुनेछ । आफ्नो चौथो स्थापना अवसरको पारेर मुक्तिनाथ कृषि कम्पनीले एकैसाथ ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको थियो । कृषि क्षेत्रमा विशिष्टीकृत वस्तु तथा सेवाहरू उपलब्ध गराउने लक्ष्यसहित मुक्तिनाथ कृषि कम्पनीले आफ्नो सहायक कम्पनीको रूपमा मुक्तिनाथ सिड बैक लि., मुक्तिनाथ फर्टिलाईजर बैक लि., मुक्तिनाथ नर्सरी बैड लि., मुक्तिनाथ लाईभस्टक बैंक लि., मुक्तिनाथ हर्बल बैक लि., मुक्तिनाथ फुड बैक लि., मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिङ लि. खोलेको हो । ८ वटै कम्पनीको साधारणसभामा आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७९ / ०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणहरु पारित गर्ने, आ.व. २०८० / ०८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, अध्यक्ष तथा सञ्चालकहरूको बैठक भत्ता निर्धारण गर्ने र कार्यकारी अध्यक्ष वा प्रबन्ध सञ्चालकको नियुक्तिको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेस हुने छ । त्यस्तै विशेष प्रस्तावमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेस हुने छ ।  कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरूमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहने छ । सहायक कम्पनीहरूले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टीकृत वस्तु तथा सेवाहरूको उपलब्ध गराउने कम्पनीले जनाएको छ । मुक्तिनाथ कृषि कम्पनीले भने हालै मात्र सर्वसाधारणलाई शेयर निष्कासन गरी सबैभन्दा छोटो अवधिमा शेयर सूचीकरण गराएर शेयर कारोबार शुरु गरिसकेको छ ।

सिलाइ कटाइ तालिमका सहभागीले २० प्रतिशत लगानी गर्नुपर्ने भएपछि सामग्री लिएनन्

सिमकोट – उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयले आयोजना गरेका सिलाइ कटाइ तालिमका सहभागी महिलाहरूले प्रविधि लिन नमानेको पाइएको छ। सिलाइ मेसिनलगायत सामग्रीका लागि ८० प्रतिशत कार्यालय र २० प्रतिशत सहभागीले लगानी गर्नुपर्ने भएपछि उनीहरूले सामग्री लिन नमानेका हुन्। कार्यालय प्रमुख अभयराज रेग्मीले सिलाइ कटाइ तालिमका सहभागीले सिकेका कुरा प्रयोगमा ल्याउन सहयोगी हुने सामग्री लिन […]

किनबेचद्धारा डिजिटल माध्यमबाट नेपाली बस्तु विदेशमा बेच्ने अभियान सुरु

किनबेच विजनेस डटकमले डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्रीहरुलाई विश्वबजारमा पुर्याउने अभियान सुरु गरेको  छ । उक्त प्ल्याटफर्मले ‘एक घर, एक उद्योग’ मिशनका साथ नेपाली युवाहरुलाई रोजगरी तथा विजनेस गर्न प्रेरित गर्नुको साथै मार्गदर्शनसमेत दिने कम्पनीका सिइओ विश्वास बडुले जानकारी दिए । उनकाअनुसार प्रत्येक दिन पन्ध्र सयभन्दा बढिको संख्यामा विदेशिन बाध्य भएका युवाहरुलाई नेपालमै उद्योग सञ्चालन गर्न प्रेरित गर्ने कम्पनीको लक्ष्य छ । कार्यक्रममा किनबेच विजनेस डटकमका सिइओ तथा संस्थापक बडुले उक्त प्ल्याटफर्मलाई अन्र्राष्ट्रियकरण गर्न आफूहरु लागिपरेको बताए ।उनले भने, ‘किनबेच विजनेस डटकमलाई हामीले आज औपचारिक रुपमा उद्घाटन गरेको छौँ । यसमा तपाईहरुले किन्न अथवा बेच्नसक्ने व्यवस्था गरिएको छ । यस प्रविधियुक्त प्रणालीले प्रत्येक घरमा एक उद्योग बनाउन सक्नेछ ।’ कुनैपनि लगानी गर्न चाहने व्यक्तिहरुले ८० प्रतिशत लगानी गरे कम्पनीले २० प्रतिशत लगानी गरिदिने उनको भनाई छ । उनले भने, ‘हामीले कुनै व्यक्तिको सामान बेचिदिए बापत १० प्रतिशत लिनेछौँ । हामीलाई कम्पनी उकास्न कसैले डोनेशन दियो भने हामीले लाभांस समेत दिने छौँ । यस कम्पनीलाई हामी विश्वव्यापी रुपमा परिचित गर्ने लक्ष्य लिएका छौँ ।’ कार्यक्रममा वैज्ञानिक तथा माइन्ड काउन्सेलर कपिल पौड्यालले देश बनाउन व्यक्ति बन्नुपर्ने बताए । कम्पनीका फाउण्डर यशराजले किनबेच विजनेस डटकमको मुख्य उद्देश्य ‘एक घर, एक उद्योग’ रहेको बताए । उनले भने,‘हामी युवाहरु नेपालमा काम नभएर विदेसिन्छौँ । म पनि जापान बसें, ज्ञान लिएर त्यहाँ प्रयोग हुने प्रविधिलाई यहाँ ल्याउन प्रयत्न गरेको छु । स्वास्थ्यको ख्याल गरी हामीले स्वच्छ सामाग्री प्रदान गर्नेछौ ।’