गुल्मी। मुसिकोट नगरपालिका–४ दजाकोटकी १८ वर्षीया करिश्मा गाहाको चट्याङ लागेर शुक्रबार बिहान मृत्यु भएको छ। सोही ठाउँ बस्ने उजिरबहादुर गाहा र भिम श्री गाहाको घरमा चट्टयाङ परेर लाग्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तम्घासमा उपचारका क्रममा मृत्यु भएको हो। साथै चट्याङमा लागेर घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।