‘प्रधानमन्त्री–मन्त्री पद’ बाँड्दै सत्ता गठबन्धनका नेता

काठमाडौं, कात्तिक २९ । सत्तारूढ गठबन्धनका शीर्षनेता ‘चुनावी एजेन्डा’का आधारमा भन्दा आफ्ना उम्मेदवार जिताउन ‘प्रधानमन्त्री र मन्त्री बनाउने’ भन्दै मतदाताका घरदैलोमा छन् । विभिन्न जिल्ला गएर ‘गठबन्धन उम्मेदवारलाई जिताएको खण्डमा प्रधानमन्त्री तथा मन्त्री बनाइने’ भन्दै उनीहरूले मतदातालाई ‘मनोवैज्ञानिक दबाब’ दिन थालेको पाइएको हो । जनतालाई विकास, समृद्धि र सुशासन एजेन्डामा सहमत गराउन छोडेर ‘तपाईंका क्षेत्रका […]

सम्बन्धित सामग्री

अन्ततः टुटिछाड्यो सत्ता गठबन्धन

काठमाडौं : सत्ता गठबन्धन टुटेको छ। आइतबार बसेको गठबन्धनको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टुटेको धोषणा गरेका हुन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले प्रचण्ड गठबन्धन टुटेको घोषणा गरेर बालुवाटारबाट बाहिरिएको जानकारी दिए। पौडेलका अनुसार कांग्रेसले गठबन्धन बचाउन अन्तिमसम्म प्रयत्न गरे पनि प्रचण्डले ‘गठबन्धनको औचित्य समाप्त’ भएको बताएका थिए। माओवादी केन्द्रका एक सांसदले औपचारिक घोषणा नभए पनि गठबन्धन टुटेको जानकारी दिए। तीन सांसदले भने,

‘निर्वाचनपछि सत्ता गठबन्धन भत्किन्छ’

बुटवल– नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा भएर भत्किने दाबी गरेका छन् । सोमबार बिहान सन्धिखर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता रायमाझीले शक्ति सन्तुलनमा समस्या भएर गठबन्धन विभाजन हुने बताए ।  ‘एउटा पार्टीलाई मिलाउन त कति समस्या छ’ रायमाझीले भने, ‘गठबन्धन पछि फुट्छ । गठबन्धनभित्रका दलहरू पनि विभाजन हुन्छ । […]

सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित छन् : महेश बस्नेत

भक्तपुर- एमालेबाट भक्तपुर-२ का उम्मेदवार महेश बस्नेतले सत्ता गठबन्धन नेता स्तरमा मात्रै सीमित रहेको दाबी गरेका छन् । ‘गठबन्धन नेताहरूबीच मात्रै छ, कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन,’ उनले भने, ‘त्यसकारण यो गठबन्धनले एमालेलाई केही असर गर्दैन ।’  प्रेस चौतारी भक्तपुरले आइतबार आयोजना गरेको अन्तरक्रियामा बस्नेतले आफू जनस्तरमा पुग्दा गठबन्धनविरुद्ध सत्ता गठबन्धन कै कार्यकर्ताहरू रहेको पाएको दाबी गरे […]

झलनाथ खनालको गृहजिल्लामा तोडियो सत्ता गठबन्धन

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलाममा सत्ता गठबन्धन तोडिएको छ। वैशाख ३० को स्थानीय तह निर्वाचनमा भएको सत्ता गठबन्धन जिल्ला समन्वय समिति (जिसस) गठनसम्म आइपुग्दा तोडिएको हो।...

हौसियो सत्ता गठबन्धन : संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल

स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् ।३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट सत्ता गठबन्धन आबद्ध पाँचै दल हौसिएका हुन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा स्थानीय तहमा भएको तालमेल’ समीक्षा भएको थियो ।कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय तहमा भएको तालमेल’दयगत सत्ता गठबन्धनमा सन्तु

सत्ता गठबन्धन नभत्किने गरी चुनावी तालमेल गर्नुपर्छ : रमेश लेखक

नेपाली काँग्रेसका नेता रमेश लेखकले सत्ता गठबन्धनमा प्रभाव नपर्ने केन्द्रीय समितिबाट निर्णय हुनुपर्ने बताएका छन् । साेमबारकाे केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले सत्ता गठबन्धन नभत्किने गरी चुनावी तालमेलबारे निर्णय लिनुपर्ने बताएका हुन् । उनले भने, "हामी गठबन्धन सरकारको नेतृत्व गरिरहेका छौँ । सरकारमा प्रभाव पर्ने गरी पार्टीले निर्णय लिनुहुँदैन भन्ने मेरो मत छ ।" काँग्रेस चुनावी गठबन्धनको पक्षमा उभिनुपर्ने उनेका भनाइ छ । तर गठबन्धन गर्दा स्थानीय नेता कार्यकर्ताको

राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्म जान्छ : देव गुरुङ

माओवादी केन्द्र संसदीय दलका नेता नेता देव गुरुङले राजनीतिक दुर्घटना नभए सत्ता गठबन्धन चुनावसम्मै जान सक्ने बताएका छन् ।  बुधबार बसेको सत्ता गठबन्धनको विषयमा पनि गठबन्धनको हालसम्मको समीक्षा र भविष्यबारे छलफल भएको उनको भनाइ छ । ‘अन्य कुनै दुर्घटना भएन भने सत्ता गठबन्धन आगामी स्थानीय तहको चुनावसम्मै लम्बिन सक्छ,’ उनले भने । सत्तारुढ काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी आवद्ध सत्ता गठबन्धन आगामी स्थानीय तहको चुनावसम्मै जाने कि नजाने भन्नेबारे बिहीबार प्रधा

प्रचण्डले भने– सत्ता गठबन्धन टुट्दैन

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुगेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिए ।  बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह ग

सत्ता गठबन्धन नभत्किने प्रचण्डको दाबी

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन्। सोमबार दिउँसो काँग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटवार्तामा दाहालले एमसिसीका कारण गठबन्धनको भविष्यमा असर नपर्ने प्रतिबद्धता जनाएका हुन्। माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच सत्ता गठबन्धन जोगाएर एमसिसी पारित गर्ने विषयमा छलफल भएको हो ।

एमसिसीका कारण सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको छ : गजुरेल

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी ) नेता सिपी गजुरेलले एमसिसीका कारण सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् । गजुरेलले एमसिसीका कारण सत्ता गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताएका हुन् । पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी)ले आज (बुधबार) काठमाडौँमा गरेको कार्यक्रममा उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अङ्ग […]