अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाले कार्यकाल सम्हालेको पहिलो वर्ष देखि नै एन्फा दुई धारमा विभाजित भयो । एउटै कार्यसमिति सत्तापक्ष र प्रतिपक्षको रुपमा बाँडियो । तत्कालीन अध्यक्ष शेर्पाले सत्ता पक्षको भूमिका निर्वाह गरे भने वरिष्ठ उपाध्यक्ष नेम्वाङ प्रतिपक्ष बने । कतिपय निर्णयहरुमा शेर्पाले नेम्वाङलाई सहभागी नगरेर नै पारित गरे । एन्फा कार्यसमितिमा अल्पमतमा रहेको नेम्वाङ समूहले विरोध त जनायो तर उनीहरूको आवाजलाई सधैँ बेवास्ता गरियो । त्यही विरोधको स्वरले नेम्वाङल