प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा चलिरहेको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा चलाउनु पर्ने माग गरेका छन् ।
रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री ओलीले सर्वोच्चमा भइरहेको बहसलाई ‘तमासा’ भनेको जिकिर गर्दै अवहेलना मुद्दा चलाउनुपर्ने माग गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा आइतवार सातौं दिनको बहसका क्रममा त्रिपाठीले प्रधानमन्त्रीलाई अवहेलन...