काठमाडौँ । नेपाली पत्रकारिताको मूलधारमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर क्रियाशील ऋषि धमला यतिबेला सञ्चारकर्मको घेराभन्दा माथि उठेर प्रत्यक्ष नागरिक सेवा र सामाजिक रूपान्तरणको महाअभियानमा होमिएका छन्। पत्रकारितासँगै ‘स्वतन्त्र नागरिक अभियान’को नेतृत्व सम्हालिरहेका धमलाको पछिल्लो तराई-मधेश दौडाहाले राज्यको उपस्थिति कमजोर भएका र पहुँचविहीन नागरिकहरूका लागि एउटा बलियो भरोसाको केन्द्रका रुपमा स्थापित गरिदिएको छ। स्थानीय स्तरका […]