नेकपाको प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको दाबी गरेका छन् ।
आइतवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रचण्डको भारत भ्रमणमा कुनै भेटघाट नभएको बताएका हुन् ।
'अध्यक्ष कमरेड प्रचण्डको भारत भ्रमणको कुरा नितान्त आफ्नो परिवारलाई स्वास्थ्य उपचार गराउने सिलसिलामा भएको हो,' उनले भने, 'कुनै राजनीतिक भेटघाट छैन ।'
आज बसेको सचिवालय बैठकले संसद...