काठमाडौं : शनिवार देशका अधिकांश स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा बेलुकीसम्म नै भारी वर्षा हुने जनाएको छ। देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।बिहान बागमती र प्रदेश १ का केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।