प्रधानमन्त्रीको निर्देशनपछि घट्यो पीसीआर शुल्क

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन पछि पीसीआर परिक्षणको शुल्क घटाइएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार प्रधानमन्त्रीले सोमबार स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन गरेका थिए । सोही निर्देशन अनुसार आज स्वास्थ्य मन्त्रालयले पीसीआर परिक्षणको शुल्क घटाएको छ । अव सरकारी अस्पतालमा भर्ना भएको विरामीको निशुल्क पीसीआर परिक्षण हुने र परिक्षणमात्रै गर्नेलाई ८ सयभन्दा बढि लिन नपाउने निर्णय भएको छ । यसअघि सरकारी अस्पतालमा पीसीआर परिक्षणको एक हजार रुपैया शुल्क ला...

सम्बन्धित सामग्री

घट्यो पीसीआर परीक्षणको शुल्क, अब सरकारीमा ८०० मात्र, निजीमा कति ?

सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सबै प्रयोगशालाहरूका नाममा परिपत्र गर्दै कोरोना परीक्षणको शुल्क घटाइएको जानकारी गराएको हो । स्वास्थ्यमन्त्रीस्तरीय निर्णयअनुसार अब निजी प्रयोगशालाले पीसीआर शुल्क अधिकतम १५ सय मात्र लिन पाउने छन् । यसअघि निजीले २००० शुल्क लिँदै आएका थिए । यस्तै सरकारी अस्पताल र ल्याबले अधिकतम ८०० रुपैयाँमा पीसीआर परीक्षण गर्नुपर्ने छ । नि:शुल्क परीक्षणको मापदण्डमा नपरेकाहरूलाई सरकारी अस्पतालले १००० रुपैयाँ शुल्क लिँदै...

पीसीआर परीक्षणको शुल्क घट्यो

सरकारले कोरोना भाइरसको संक्रमण परीक्षणका लागि गरिने पीसीआर शुल्क घटाएको छ । अब सरकारी अस्पतालमा आठ सय र निजी अस्पतालमा १५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्न सकिने भएको छ ।यसअघि कोरोना परीक्षण शुल्क सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँ रहेको थियो । सरकारले परीक्षण शुल्क घटाउनका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. […]

पीसीआर परीक्षणको शुल्क घट्यो

काठमाण्डाै – सरकारले कोरोना संक्रमण भएकाे छ-छैन भनेर जाँच्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । यस अघि सरकारी प्रयोगशालाबाट लिइँदै आएको एक हजार रुपैयाँ शुल्कलाई समायोजन गरेर आठ सय रुपैयाँ कायम गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार पाँच सय रुपैयाँ मात्र लिन पाउने भएका छन् । यस अघि सरकारले निजी प्रयोगशालाका लागि बढीमा दुई हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।

सरकारले घटायो पीसीआर परीक्षण शुल्क

काठमाडौँ– सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । पीसीआर परीक्षणको शुल्क शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षण एक हजार रुपैयाँ लिँदै आएको अब २०० रुपैयाँ घटाएर ८०० रुपैयाँ कामय गरिएको हो । सरकारी […]

पीसीआर परीक्षण शुल्क घट्याे,सरकारीमा ८०० निजीमा १५००

काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । पीसीआर परीक्षणको शुल्क शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षण एक हजार रुपैयाँ लिँदै आएकोमा अब २०० रुपैयाँ घटाएर ८०० रुपैयाँ कामय गरिएको हो । […] The post पीसीआर परीक्षण शुल्क घट्याे,सरकारीमा ८०० निजीमा १५०० appeared first on राजधानी राष्ट्रिय दैनिक.

निजी प्रयोगशालाले पीसीआर परीक्षण शुल्क १५ सयभन्दा बढी लिन नपाउने

निजी प्रयोगशालाले पीसीआर परीक्षण शुल्क एक हजार ५०० भन्दा बढी लिन नपाउने भएका छन् । यसअघि अधिकतम लिन पाउने शुल्क दुई हजार थियो ।  स्वास्थ्य मन्त्रालयले मूल्य समायोजन गर्दै निजी प्रयोगशालाले अधिकतम एक हजार ५०० शुल्क लिन सक्ने जनाएको हो । त्यस्तै सरकारी प्रयोगशालामा पीसीआर परीक्षण शुल्क ८०० रूपैयाँ तोकिएको छ । यसअघि एक हजार रूपैयाँ थियो ।  लक्षण देखिएकाहरूको हकमा भने सरकारी प्रयोगशालाहरूमा पीसीआर परीक्षण निःशुल्क गर्न सकिने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

पीसीआर परीक्षण शुल्क घटाउने तयारी

काठमाडौं । सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ । परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले आज बेलुका या भोलिसम्म शुल्क घटाउने निर्णय हुने बताउनुभयो । अहिले सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुँदै आएको छ […]

यस्तो छ पीसीआर परीक्षणको शुल्क, बढी लिए कारवाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क बढी नलिन प्रयोगशालाहरूलाई सचेत गराएको छ । मंगलवार एक सूचना जारी गर्दै एचईओसीका प्रमुख डा. समिरकुमार अधिकारीले बढी शुल्क लिए परीक्षणको सूचीबाट हटाइने जनाएका छन् । सरकारले पीसीआर परीक्षण गर्दा सरकारी प्रयोगशालामा १ हजार रुपैयाँ र निजी प्रयोगशालामा २ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

पीसीआर परीक्षणमा तोकिएको भन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क नलिन चेतावनी दिएको छ । सरकारले कोरोना सङ्क्रमण पहिचानको लागि पीसीआर परीक्षण गर्दा सरकारी अस्पतालमा एक हजार र निजी अस्पतालमा दुई हजार रुपैयाँ शुल्क तोकेको छ । तर कतिपय अस्पतालले सङ्क्रमण रोकथामलगायतको बहानामा थप शुल्क लिने गरेको पाइएको भन्दै मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क नलिन भनेको हो । यदि कसैले तोकिएको भन्दा बढी शुल्क लिएमा पीसीआर परीक्षणको सूचीबाटै हटाउने चेतावनी पनि मन्त्रालयले दिएको छ । &...

अब पीसीआर शुल्क एक हजार मात्र

काठमाडौँ । सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पीसीआर शुल्क रु एक हजार लिने जानकारी दिनुभयो । यसअघि पीसीआर परीक्षण शुल्क रु दुई हजार लिने गरेको थियो । यस्तै अबदेखि कोभिड–१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ । यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड–१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा आज बसेको ‘इन्सिडेन्ट कमाण्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो । मन्त्रालयले यसअघि कोभिड–१९ को उपचारका लागि तोकिएका मेडिकल कलेजमा आजसम्म भर्ना भई उपचार रहेका कोभिड–१९ का सङ्क्रमितको १० दिनको मात्र शोधभर्ना उपलब्ध गराउने भएको उहाँले बताउनुभयो । हालसम्म नेपालमा दुई लाख ७२ हजार ३४९ सङ्क्रमित भएका छन् । यस्तै दुई लाख ६८ हजार ५४९ निको र दुई हजार ४७ जना सङ्क्रमितबाट निधन भएका छन् । (रासस)