विमानस्थल भन्सारमा नक्कली बिल बनाएर राजस्व छली, ४२ कर्मचारी अनुसन्धानमा तानिए

११ असार, काठमाडौं । भन्सारका कर्मचारीकै संलग्नतामा नक्कली बिल बनाएर भन्सार छली गर्ने गरिएको खुलेको छ । यस्तो कार्यमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका ४२ जना कर्मचारीमाथि अनुसन्धान थालेको छ । विदेशबाट नेपाल आयात भएका वस्तुको भन्सार जाँचपास गर्दा नक्कली बिल पेश हुँदा त्यसैका आधारमा ती कर्मचारीहरुले भन्सार जाँचपास गरिदिएको […]

सम्बन्धित सामग्री

नक्कली बिल बिजक बनाएर ८ करोड राजस्व छली आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर

चैत २, काठमाडौं । राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि करको नक्कली तथा झुट्टा बिजक प्रयोग गरी राजस्व छलेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मंगलवार उच्च अदालत पाटनमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरुमा भक्तपुर सूर्यबिनायक नगरपालिका देउजा गाउँमा स्थायी बसोबास गर्ने दिपककुमार देउजा, चितवन कालिका नगरपालिका स्थायी ठेगाना भई काठमाडौंको सितापाइला बस्ने मोहनप्रसाद भट्टराई र काठमाडौं लगनटोलमा स्थायी बसोबास गर्ने सुनिलमान शाक्य रहेका छन् ।  उनीहरुले सौगात इन्टरनेशनल नामक कम्पनीबाट नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि बिजकमार्फत विवरण तयार गरी राजस्व छली गरेको विभागले बताएको छ । मूल्य अभिवृद्धि करतर्फ २ करोड ५२ लाख १४ हजार ३९५ रुपैयाँ र आयकरतर्फ ५ करोड ६९ लाख ५८ हजार २४६ रुपैयाँसमेत गरी ८ करोड २१ लाख ७२ हजार ६४१ रुपैयाँ कायम गरी प्रतिवादीहरु दिपक कुमार देउजा र मोहनप्रसाद भट्टराईसँग असूल उपर गरी बिगोको शतप्रतिशत जरिवाना माग गरिएको छ । यसैगरी सुनिलमान शाक्यको हकमा भने मतियारलाई हुने सजाय हुन माग दावी लिई अभियोग पत्र दायर गरिएको  छ । विभागले उनीहरुबाट कुल १६ करोड ४३ लाख रुपैयाँ बिगो तथा जरिवाना माग पनि गरेको छ ।

कच्चा बिलमार्फत एक वर्षमै ८० करोड बढीको कारोबार

काठमाडौं । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले आर्थिक वर्ष २०७७÷७८ मा मात्रै नक्कली बिल (कच्चा बिल)मार्फत ८० करोड बढीको कारोबार गरेको पाइएको छ । भगवती लेमिनेट्स राजस्व छली प्रकरण स्रोतका अनुसार सो प्रालिले गत एक वर्षको अवधिमा ३ सय करोड रुपैयाँबराबरको कारोबार गरेकोमा ८० करोड बढीको कारोबार कच्चा बिलमार्फत गरेको छ […] The post कच्चा बिलमार्फत एक वर्षमै ८० करोड बढीको कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक.

व्यवसायीको निरन्तर कर दोहन, अर्थ मन्त्रालय बेफिक्री

एक दशकभन्दा लामो समयदेखि उद्योगी व्यवसायीले निरन्तर रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) दोहन गर्दा जिम्मेवार निकाय अर्थ मन्त्रालय बेफिक्रीजस्तै देखिएको छ।भ्याट राजस्वका प्रमुख स्रोतमध्येको एक हो। एक दशकभन्दा धेरै समयदेखि विभिन्न किसिमबाट भ्याट छली भइरहेको छ। तर अर्थ मन्त्रालयले न भ्याट छली गर्ने उद्योगी व्यवसायीलाई कारबाही गर्न सकेको छ न त अनुसन्धानमा नै जोड दिएको छ।एक दशकअघि भ्याटको नक्कली बिल बनाएर राजस्व छली गरेको फेला परेपछि अर्थ मन्त्रालयको तत्कालीन नेतृत्वले आन्तरिक राजस्व विभागका कर्मचारीको

प्लाइउड व्यापारमा भगवती लेमिनेट्सको ठगीधन्दाः नक्कली बिल बनाएर करोडौं राजस्व छली

काठमाडौं । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिले नक्कली बिल बनाएर करोडौं राजस्व छलेको देखिएको छ । भगवती लेमिनेट्स प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गरेर राजस्व छलेको पाइएको हो । ‘पक्का बिल’ भनिने कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउन र भित्रभित्रै कारोबार हुने कच्चा […] The post प्लाइउड व्यापारमा भगवती लेमिनेट्सको ठगीधन्दाः नक्कली बिल बनाएर करोडौं राजस्व छली appeared first on राजधानी राष्ट्रिय दैनिक.

नक्कली बिल प्रयोग गरि राजस्व छली गरेको आरोपमा फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं, पुष ९ । राजस्व अनुसन्धान विभागले झुठा तथा नक्कली बिलबिजक प्रयोग गरी वस्तु तथा सेवा खरिद नै नगरी राजस्व छली गरेको आरोपमा केही फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले २५ करोड बराबर राजस्व छली गरेको आरोपमा विभिन्न फर्म, कम्पनी तथा व्यक्तिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागका अनुसार […]

नक्कली बिल प्रयोग गरी २९ करोड ७७ लाख राजस्व छल्ने फर्म बिरुद्ध मुद्दा दायर

मंसिर १०, काठमाडौं । नक्कली बिल प्रयोग गरी २९ करोड ७७ लाख बढी राजस्व छल्ने फर्म राजस्व अनुसन्धान विभागको कारबाहीमा परेको छ ।  जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको उज्ज्वल ट्रेड कन्सर्न, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको दिव्या ट्रेड कन्सर्न, हिलिहाङ्ग गाउँपालिका वडा नम्बर ७ को टोनी कन्सर्न ट्रेडका सञ्चालक प्रदिप शाह गोढले वस्तु तथा सेवाको प्रयोग नगरी झुट्टा तथा नक्कली मु.अ.कर बिजक जारी गरी ९ करोड १८ लाख ९९ हजार ३४९ मूल्य अभिवृद्धि कर र २० करोड ५८ लाख ७५ हजार १५० रुपैयाँ आयकर गरी कुल २९ करोड ७७ लाख ७४ हजार ४९९ रुपैयाँ राजस्व छली गरेको विभागको अनुसन्धानले देखाएको हो ।  उक्त रकम असुल गरी निज कम्पनी माथि कारबाही गर्न विभागले उच्च अदालत पाटनमा कम्पनी विरुद्ध शुक्रवार मुद्दा दायर गरेको छ । साथै, उक्त फर्महरूको गलत लेखा परीक्षण प्रतिवेदन तयार गरी सरकारलाई तिर्नु बुझाउनुपर्ने राजस्व छली गर्ने कार्यमा सहयोगी गर्ने मतियार लेखापरीक्षकलाई समेत राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन समेत) बमोजिम मुख्य प्रतिवादीहरूलाई हुने सजायको आधा सजाय दिन समेत विभागको माग रहेको छ ।