काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४३ करोड ६४ लाखभन्दा बढी विद्युत् विक्रीबाट आम्दानी गरेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीको यो आम्दानी रू. ४५ करोड ४१ लाखभन्दा बढी रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले ३ दशमलव ९१ प्रतिशत कम विद्युत् विक्री आम्दानी गरेको हो । यस वर्ष कम्पनीको खुद नाफा २६ प्रतिशत कम भएको छ । गत वर्ष रू. २० करोड ४७ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १५ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८५ करोड ५२ लाख १० हजार छ भने जगेडा कोष रकम रू. ३६ करोड २० लाखभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १६ दशमलव ३२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११९ दशमलव ५१ रहेको छ ।
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्