काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न गठन भएको महाअभियोग सिफारिस समितिले आफ्नो काम सुरु गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले छानबिनका लागि कार्यविधि र कार्य तालिका बनाउने निर्णय गरेको हो । अर्को बैठकमा समितिको कार्यविधि र कार्य तालिका प्रस्तुत गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ । बैठकमा समिति सदस्यहरूले […]