ओली दक्षिणपन्थी भासमा फसे, नयाँ पार्टी खोल्नु बाध्यता हो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी खोल्नु परेको प्रस्टीकरण दिएका छन् । नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले ओलीले नेकपा एमालेलाई दक्षिणपन्थी भासमा फसाउँदै लगेको, मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएको तथा पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गर्दै गएपछि बाध्यताबस नयाँ पार्टी गठन गरेको बताएका हुन् ।   ‘नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हो । केपी

सम्बन्धित सामग्री

बाध्य भएर नयाँ पार्टी गठन गरेका हौं : राजेन्द्र पाण्डे

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेता विभाजित भएपछि दुवै पक्षले एकअर्कालाई आरोप लगाइरहेका छन् । माधव नेपाल पक्षले ओलीको कार्यशैलीले गर्दा बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताउँदै आएको छ । यसै सन्दर्भमा नेपाल पक्षका नेता राजेन्द्र पाण्डेसँग गरिएको कुुराकानी