भित्र्याउने बेलाको चैते धान खेतमा बाढी पसेपछि पालुङटार नगरपालिका–९ बिर्दीकी ७२ वर्षीया उमाकुमारी अधिकारीको मनमा चैन छैन । खारखोला फाँटमा रहेको घरभित्र पसेको लेदो फाल्दैमा अधिकारीले दुई दिन बिताइन् । घरसँगैको खेतको डिलमा बसेर बाढीले पुरेको धान र मकै बाली हेर्दा उनको मन भारी हुन्छ । भन्छिन्, ‘रोएर भएन, कराएर भएन, सास रहुन्जेल जे परे नि बेहोर्नुपर्यो ।’