असंलग्न परराष्ट्र नीतिविपरीत नेपाल रणनीतिक गठबन्धनमा प्रवेश गर्दैन : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री नारायण खड्काले नेपाललाई कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराउने बताएका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०७९ मा परराष्ट्र मन्त्रालयअन्तर्गत उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरीत हुने कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएका हुन् ।

सम्बन्धित सामग्री

नेपाल कुनै पनि गठबन्धनमा प्रवेश नगर्ने परराष्ट्रमन्त्री खड्काको भनाइ

काठमाडौँ- परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल कुनै पनि रणनीतिक वा सामरिक गठबन्धनमा प्रवेश नगर्ने स्पष्ट पारेका छन् । राष्ट्रिय सभाको बैठकमा सोमबार परराष्ट्रमन्त्री खड्काले राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीति विपरीत हुने गरी कुनै पनि गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएका हुन् । सरकारको परराष्ट्र नीतिका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढेको टिप्पणी गर्दै परराष्ट्रमन्त्री खड्काले अन्तर्राष्ट्रिय […]