मकवानपुरमा पानी परेपछि मतदान कार्यक्रम प्रभावित

मकवानपुरमा पानी परेपछि मतदान कार्यक्रम प्रभावित भएको छ । दिउँसो २ बजेबाट पानी पर्न सुरु भएपछि मतदान प्रक्रिया प्रभावित भएको हो । पानी परेसँगै केही मतदान केन्द्रमा मतदान रोकिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । केही मतदान केन्द्रमा वैकल्पिक व्यवस्था मार्फत मतदान कार्यक्रम जारी रहेको उनले बताए ।  रोकिएको मतदान सुचारु गर्न आवश्यक तयारीको काम भइरहेको उनले बताए । उनका अनुसार दिउँसो २ बजेसम्ममा जिल्लाभर करिब ४० प्रतिशत मतदान कार्य सम्पन्न भइसकेको छ ।

सम्बन्धित सामग्री

सर्लाहीमा झडप भएका मतदान केन्द्रमा सेना खटाइयो

३० वैशाख, सर्लाही । केही मतदान केन्द्रमा झडप भएर मतदान प्रभावित भए पनि सर्लाहीका अधिकांश मतदान केन्द्रमा मतदान जारी छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मतदान नै प्रभावित हुने गरी झडप भएका स्थानमा नेपाली सेनालाई अग्रभागमा खटाइ मतदान कार्य जारी राखिएको जानकारी दिएका छन्  । गौतमका अनुसार अहिले चक्रघट्टा गाउँपालिकास्थित शिवनगरको रासनारायण प्राथमिक […]

सप्तरीको डाक्नेश्वरीको मतदान प्रभावित, सहमतिको प्रयास जारी

सप्तरीको डाक्नेश्वरीको मतदान प्रभावित बनेको छ।  डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदानस्थलमा एक समूहले मतपेटिकाहरु तोडफोड गरेको थियो ।सो क्रममा दुई पक्षीय झडप भएको थियो । अहिले सर्वदलीय बैठक बसिरहेको र सहमति जुटाएर पुनः मतदान सञ्चालनको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अभिनारायण काफ्लेले जानकारी दिए ।

दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर

आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ । २ बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । त्यो अवधिसम्ममा विभिन्न जिल्लामा ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको छ । दुई पक्षबीच झडप, विवादका कारण ति क्षेत्रको मतदान प्रभावित भएको हो । झडपको स्थिति नियन्त्रणमा लिनलाई प्रहरीले १२ ठाउँमा हवाइ फायर गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको बताए । प्रभावित भएका क्षेत्रमा पुनः मत

पाँचखालको श्रीराम माध्यामिक विद्यालयमा मतपेटिका तोडफोड, मतदान प्रभावित

काठमाडौं : काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको छ। मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेको स्थानीयले बताएका छन्। आक्रोशित भिडले मतदान केन्द्रमा मतपेटिका, कुर्सी, टेबल तोडफोड गरेका छन्। मतदान कार्य प्रभावित भएपछि मत खसाल्न आएका नागरिकहरु अन्यौलमा परेका छन्।

हुम्लामा वर्षाका कारण तीन मतदान केन्द्र प्रभावित

काठमाडौं । हुम्लामा वर्षाका कारण मतदान प्रभावित भएको छ । नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालय, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश र स्वयम्भु आधारभूत विद्यालय बराई मतदान केन्द्रमा वर्षाका कारण मतदान सुरु हुनै नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चंखेली गाउँपालिका-५ को डाँफे आधारभूत विद्यालय नेप्का र सर्केगाड गाउँपालिका-८ को अंशुवर्मा आधारभूत विद्यालय मतदान केन्द्रमा […]

रामेछापको दुई स्थानमा गोली चल्यो, मतदान प्रभावित

रामेछापको दुई स्थानमा गोली चलेको छ । दुई पक्षीय झडप हुँदा मतदान प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए । दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झडप हुँदा एक राउण्ड गोली चलेको उनले बताए । यस्तै खाँणदेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथममा मतदान केन्द्रमा दुई पक्षीय झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर भएको उनले बताए । दुबै स्थानमा मतदान सुचारु गराउन पहल भइरहेको छ।

झापामा भारी वर्षा, मतदान प्रभावित हुने सम्भावना

झापा : गए रातिदेखिको वर्षाका कारण जिल्लाका मतदान केन्द्र प्रभावित बनेका छन्। मतदान सुरु हुनैलाग्दा पानीले समस्या पर्ने देखिएको छ।प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले मौसम पूर्वानुमान बमोजिम नै जिल्लाका मतदान केन्द्र व्यवस्थित बनाएको दाबी गरे। ‘पानी त परिरहेको छ, तर अहिलेसम्म कुनै मतदान केन्द्रमा समस्या आएको छैन,’ उनले भने, ‘लगातार पानी परिरहे मतदान केन्द्र पुग्ने मतदातालाई केही समस्या हुन सक्छ।’ निर्वाचन आयोगले मतदान गर्ने दिन पानी पर्ने सम्भा

मतपत्रमा नाम छुटेपछि मतदान प्रभावित

मोरङ – नेपाली काङ्ग्रेस प्रदेश १ प्रथम अधिवेशनअन्तर्गत आज हुने मतदान प्रक्रिया प्रभावित भएको छ। प्रदेश निर्वाचन समितिका अनुसार मतपत्रमा उम्मेदवारको नाम छुटेपछि मतदान प्रभावित भएको हो। प्रदेश निर्वाचन समितिका अधिकृत भरत थापाका अनुसार इलामका ३ उम्मेदवारको मतपत्रमा नाम छुट भएको छ। जसले गर्दा मतदान कार्य निर्धारित समयभन्दा ढिलो भएको उनले जानकारी दिए। मतपत्रमा इलामबाट […]