कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै (१२ जना) महिला उम्मेदवार पराजित भएका छन्।
प्रदेशसभा क्षेत्र नं ३ (क)मा निकटतम नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत ल्याएर पराजित भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामजी बरालले १५ हजार ८२३ मत प्राप्त गरी विजयी भए। यस्तै हारेका अन्य महिला उम्मेदवारले पनि थोरै मत ल्याएका थिए।