कानुनभन्दा माथि क्रसर डनः सरकार निरीह

काठमाडौं, असोज १ । उच्च अदालत जनकपुरले २०७६ माघ २४ गते विपक्षीका नाममा उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै गणेशमान चारनाथ नगरपालिका–८ स्थित संकटमोचन क्रसर उद्योगलाई तीन महिनाभित्र स्थानान्तरण गर्न–गराउन भन्यो। अदालतको आदेश अवहेलना गर्दै यो उद्योग अझै यथास्थानमा सञ्चालन भइरहेको छ । यस उद्योगलाई स्थानान्तरण गर्न प्रशासन, घरेलु र नगरपालिकाले अदालतको आदेश कार्यान्वयनमा बेवास्ता गरेका […]

सम्बन्धित सामग्री

क्रसर उद्योग दर्ता गर्न नयाँ प्रक्रिया लागू

सरकारले नयाँ प्रक्रियाअनुसार क्रसर उद्योग दर्ता गर्ने भएको छ । उद्योग विभागले आइतबार क्रसर उद्योगको अनुमति, दर्ता तथा नियमनसम्बन्धी प्रक्रिया तथा मापदण्ड, २०८० सार्वजनिक गर्दै सोहीअनुसार निवेदन पेस गर्न आह्वान गरेको...

दर्ता नभएका क्रसर उद्योग सञ्चालनमा

दर्ता नभएका क्रसर उद्योग सञ्चालनमा आएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार दर्ता नभएका क्रसर उद्योगलाई बन्द गराउने परिपत्र अनुसार अनुगमन समितिले जिल्लाका आठ क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो । तर पनि सरकारी निकायलाई चुनौति दिँदै केही उद्योगहरूले खुलेआम क्रसर सञ्चालन गरिरहेका छन् । अनुगमन समितिले मापदण्ड लगायतका कारणले नवीकरण हुन नसकेका क्रसर […]

संखुवासभामा सञ्चालित अवैध क्रसर बन्द

संखुवासभा : संखुवासभामा सञ्चालन गरिएका अवैध क्रसर बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय संखुवासभाले नियमविपरीत सञ्चालनमा रहेका दुई वटा क्रसर बन्द गराएको हो।गृह मन्त्रालयले मापदण्डविपरीतका क्रसर बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो। नियमविपरीत सञ्चालनमा रहेका खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटार र चैनपुर नगरपालिका–१० खहरेमा राखिएका दुई क्रसर बन्द गरिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए।गृह मन्त

दाङका सबै क्रसर उद्योगहरू बन्द

काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि दाङमा पनि सबै क्रसर उद्योगहरू बन्द भएका छन् । मापदण्ड विपरीतका क्रसर उद्योगहरूहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै दाङका सबै क्रसर उद्योग बन्द भएका हुन् । गत पुस २० गते मन्त्रालयले दिएको निर्देशन पछि पुस २१ गते जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग […]

नुवाकोटका सबै क्रसर अवैध

काठमाडौँ,२९ पुष । नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ । गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला लगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । उनको अनुसार जिल्लाका क्रसर उद्योग कानुनी मापदण्डअनुरुप सञ्चालनको अवस्था […]

अवैध क्रसर उद्योग बन्द

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवैध रुपमा सञ्चालनमा रहेका छ वटा क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० मा गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा कूल सात वटा क्रसर उद्योग रहेकोमा एउटा यस अघिनै बन्द थियो । मन्त्रालयको परिपत्रको पालना गर्दे […]

आजदेखि क्रसर उद्योग बन्द

मापदण्ड विपरीत मकवानपुर जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले आजदेखि बन्द गराइएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार मापदण्ड विपरीत सञ्चालनमा रहेका मकवानपुरका एक सय दुई क्रसर उद्योग बन्द गराइएको हो । सरकारले जारी गरेको मापदण्ड नपुगेपछि मकवानपुरका क्रसर उद्योग बन्द भएको उनले बताए । गृह मञ्त्रालयले अवैध […]

मकवानपुरका सबै क्रसर उद्योग बन्द

हेटौंडा : मकवानपुरमा मापदण्डविपरीत सञ्चालित सम्पूर्ण क्रसर उद्योग बन्द हुने भएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले जिल्लामा मापदण्डविपरीत सञ्चालित सम्पूर्ण क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो। बुधबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई परिपत्र गर्दै मकवानपुरभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योगलाई कारबाहीको दायरामा ल्याउन भनेको थियो। मन्त्रालयले दर्ता नगरी तथा नवीकरण नभएका, सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिटी, रोडा तथा बालु

झापामा अधिकांश क्रसर अवैध !

झापा – झापाका विभिन्न नदी किनारा, सडक छेउ र जंगलमा क्रसर छन् । मापदण्डअनुसार कुनै पनि क्रसर छैनन् । सरकारले बनाएको मापदण्डअनुसार  राजमार्गको ‘राइट अफ वे’, खोला वा नदी किनार, पक्की पुल र ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट पाँच/पाँच सय मिटर टाढा क्रसर राख्नुपर्छ । तर, झापाका अधिकांश क्रसर खोलाको बगरमा छन् । उनीहरूले […]

कानुनमाथि क्रसर

देशभर हजारभन्दा बढी क्रसर उद्योग कानुनअनुसार दर्ता भएका छैनन्, राजनीतिक शक्तिका आडमा राज्यभन्दा जब्बर बनेका व्यवसायीले प्राकृतिक स्रोतका खानी नदीनालामा मात्र होइन, देशको कानुनमाथि पनि क्रसर चलाइरहेका छन् । दलका...