कतिपयलाई अध्ययनमा जाँगर चल्दैन । तर, आफ्नो स्वभाव बदलेर उनीहरू राम्रो पाठक बन्न सक्छन् । त्यसका लागि केही पक्ष ख्याल गर्न जरुरी छ ।
लक्ष्य निर्धारण : सहज लक्ष्य निर्धारण गर्नुस् । एकै दिन धेरै...
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ ले बाल्यकालदेखि नै बालबालिकामा पुस्तक पढ्ने बानी लगाउनुपर्ने बताउनुभएको छ । उपकुलपति निभाले नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको सहकार्यमा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक गोष्ठीमा सो धारणा व्यक्त गर्नुभएको हो । गोष्ठीमा बालसाहित्य समाजका आजीवन सदस्य केशरी अम्गाईंले ‘बालबालिकामा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–२ निवासी प्रकृति थारूको पढ्ने बानीमा अहिले धेरै परिवर्तन आएको छ । स्थानीय ज्ञानोदय आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत प्रकृतिको विद्यालयमा ध्यान दिएर पढ्ने भए पनि घरमा पढ्ने बानी पटक्कै थिएन । अहिले घरमा ‘पढाइ कुना’ बनाएपछि प्रकृतिको पढ्ने बानी र व्यवहारमा परिवर्तन आएको हो । प्रकृतिको घरमा अहिले एक कोठालाई विभिन्न […]
पाल्पा – पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ ।
अहिले मानिसहरू फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने गर्दछन् तर पुस्तक पढ्ने समयको व्यवस्थापन भने कमै मात्रले गर्दछन् । यसरी मानिसमा पुस्तक पढ्ने बानीमा कमी आएको देखिएको छ । हिजोआज त झन् सूचना प्रविधिको विकासका कारण पुस्तक किन्ने मानिसको सङ्ख्या पनि घट्दै गएको देखिन्छ ।
त्यसैले सर्वसाधारणमा पुस्तक पढ्ने बानीको...
पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ । अहिले मानिसहरु फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने गर्दछन् तर पुस्तक पढ्ने समयको व्यवस्थापन भने कमै मात्रले गर्दछन् […]
आजभोलि सूचना प्रविधिको व्यापक प्रयोगले पुस्तक पढ्ने बानी हराउँदै गएको छ । पुस्तकको साटो मोबाइलमा आएका जस्तोसुकै सूचना र सन्देशको विश्वास गर्दाँ मानिसको ज्ञानको क्षमता पनि घट्दै गैरहेको छ । यस्तोमा कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना पाठकले हरेक महिना रु. १० हजार पुरस्कार पाउने भएका छन् । पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार …
हाइकु वा डायोस्पोरिक साहित्य ? प्रकाश पौडेल ‘माइला’सँगको साक्षत्कारमा यी दुई विषय एकसाथ उठ्छ । किनभने उनी एकातिर ‘हाइकु’ क्रान्ति छेडिरहेका छन् भने अर्कोतिर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को कप्तानी पनि सम्हालिरहेका छन् । यतिबेला ‘हाइकु’ रसिक विषय हुनसक्छ अनि ‘अनेसास’ जल्दोबल्दो । सुरु गरौं, जल्दोबल्दो प्रसंगबाटै । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली विदेशिने क्रम […]
अभिभावक भन्छन्– समयमै पुस्तक नआउँदा विद्यार्थीको पढ्ने बानी हरायो
शैक्षिक सत्र सुरु भएको लामो समय भइसक्दा पनि पाठ्यपुस्तकको अभावमा विद्यार्थीको पढाइमा असर परेको अभिभावकहरूले गुनासो गर्न थालेका छन् । निजी विद्यालयमा धमाधम...
मधेस प्रदेशमा बेटी बचाउ, बेटी पढाऊ अभियानअन्तर्गत पढ्ने बानी बिकास गराउनका लागि अमेरिकास्थित गिभिंङ आशा संस्थाको सहयोगमा मधेस प्रदेशको धनुषा जिल्लाको जनकपुर धाममा कथालय र मिथिला फाउन्डेसनको सहकार्यमा किताब वितरण गरिएको छ।३ दखि ५ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरि किताब वितरण गरिएको छ। बालिकाहरुलाई आफ्नै मातृभाषामा पढ्न सहज होस् भन्ने उद्देश्यले कथालयले मैथिली भाषाका […]