काठमाडौं। पाकिस्तानमा हिउँमा रमाउन गएका २२ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका छन् ।प्रहरीकाअनुसार छ जनाको गाडीमै कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।अन्यको धुवाँमा सास फेर्दा अक्सिजनको कमीले निसास्सिएर मृत्यु भएको हो । पञ्जाब प्रान्तको मरीमा ठूलो हिमपात भएपछि हेर्न पर्यटकको घुइँचो लागेको थियोे ।
मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जानकारी दिनुभयो ।