सल्यानमा कोरोना संक्रमणबाट ८२ वर्षीय भूतपूर्व प्रहरी हवल्दारको मृत्यु

सल्यान : कोरोना भाइरस संक्रमण रहेको अवस्थामा सल्यानमा ८२ वर्षीय नेपाल प्रहरीका भूतपूर्व प्रहरी हवल्दारको मृत्यु भएको छ।जिल्लाको शारदा नगरपालिका २ गैरागाउँका ८२ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानले जानकारी दिएको छ। उनका अनुसार मृतक खत्रीको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। एक हप्तादेखि बिरामी भएका उनको आज बिहीबार घरमै मृत्यु भएको स्वास्थ्य सेवा प्रमुख दशरथ श्रेष्ठले बताए। उनका ४६ वर्षीय छोरालाई समेत पोजेटिभ देखिएको छ। घरका अन्य परि

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट विराटनगरको नगर प्रहरी हवल्दारको मृत्यु

विराटनगर : कोरोना संक्रमणका कारण विराटनगर महानगरपालिकामा कार्यरत एक नगर प्रहरी हवल्दारको  मृत्यु भएको छ। विराटनगर–३ का  ५७ वर्षीय नगर प्रहरी हवल्दारको नोबेल अस्पतालको आइसियुमा उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको स्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।उनलाई पाँच दिनअघि कोरोना पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार बेलुका अस्पताल भर्ना भएका थिए।

कोरोना संक्रमणका कारण क्यान्सर पीडित प्रहरी हवल्दारको मृत्यु

चितवन : कोरोना भाइरसको संक्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन्। उनको चितवन मेडिकल कलेजमा बुधवार साँझ ४ः३० बजे मृत्यु भएको हो। अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण

कोरोनाका कारण क्यान्सर बिरामीको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रत्‍ननगर नगरपालिका