पानी परेपछि प्रदूषण घट्यो, ठूलो पानी नपरेकाले छ्याङ्गै खुल्न सकेन

काठमाण्डौ - काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हिजोदेखि परेको पानीले प्रदूषण केही घटेको छ । हिजो अस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् । पानी पर्ने प्रणाली विकाससँगै हावासमेत चलेकाले प्रदूषण घटेको मौसमविद्को भनाइ छ । आजदेखि मौसम केही सफा भए पनि पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । भोलिदेखि पानी पार्ने प्रणाली कमजोर हुने र डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण कायम...

सम्बन्धित सामग्री

काठमाण्डौका काँठ क्षेत्रका मनमोहक दृश्य (फाेटाेफिचर)

यस वर्षको दशैँ झरीमै सकियो । त्यसपछिका केही दिन पनि मौसम पूर्णरूपले खुल्न सकेन । मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ । आकाश नीला देखिएका छन् ।  काठमाण्डौ उपत्यकाबाटै  विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ । अन्य हिमश्रृङ्खलाको दृश्य पनि कम्ती मनमोहक छैनन् । प्रदूषणका कारण हत्तपत्त उपत्यकावासीले पनि खुलेकाे आकाश र हिमाल देख्न पाउँदैनन् । उपत्यकामा प्रदूषणले नढाकेसम्म देखिने हिमालका दृश्य प्रदूषण बढेसँगै बिस्तारै विलीन हुँदै जान्छन् । केही दिनयता काठमाण्...