काठमाण्डौका काँठ क्षेत्रका मनमोहक दृश्य (फाेटाेफिचर)

यस वर्षको दशैँ झरीमै सकियो । त्यसपछिका केही दिन पनि मौसम पूर्णरूपले खुल्न सकेन । मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ । आकाश नीला देखिएका छन् ।  काठमाण्डौ उपत्यकाबाटै  विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ । अन्य हिमश्रृङ्खलाको दृश्य पनि कम्ती मनमोहक छैनन् । प्रदूषणका कारण हत्तपत्त उपत्यकावासीले पनि खुलेकाे आकाश र हिमाल देख्न पाउँदैनन् । उपत्यकामा प्रदूषणले नढाकेसम्म देखिने हिमालका दृश्य प्रदूषण बढेसँगै बिस्तारै विलीन हुँदै जान्छन् । केही दिनयता काठमाण्...