चर्चित राष्ट्र बराबरीमा - Naya Patrika

विश्व फुटबल शक्तिशाली राष्ट्रहरू मंगलबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बराबरीमा रोकिएका छन् । यता बार्सिलोनाका प्ले मेकर लियोनल मेसी अनुपस्थित रहेको खेलमा अर्जेन्टिना नाइजेरियासँग स्तब्ध भयो । इंग्ल्यान्ड र ब्राजिल...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

वर्षाले साथ दिएपछि अष्ट्रेलियाद्धारा एसेज ट्रफी रक्षा

एजेन्सी – बर्षाले साथ दिएपछि अष्ट्रेलियाले विश्व चर्चित द एसेज ट्रफी एक खेल अगावै रक्षा गरेको छ । इंग्ल्यान्डसँगको चौथो टेस्ट खेल वर्षाको कारण पाँचौ दिन हुन नसकेपछि खेल बराबरीमा सकिँदा पाँच खेलको सिरिजमा अष्ट्रेलियाले २-१ को अग्रता लिँदै एसेज ट्रफी रक्षा गरेको छ । सहज हारको मुखमा पुगेको अष्ट्रेलियालाई वर्षाले साथ दिएपछि खेल बराबरीमा […] The post वर्षाले साथ दिएपछि अष्ट्रेलियाद्धारा एसेज ट्रफी रक्षा first appeared on Hamro Khelkud.

थ्रीस्टारको अर्को निराशाजनक प्रदर्शन

काठमाडौं । नेपाली फुटबलमा निकै चर्चित रहेका क्लबमध्ये एक थ्रीस्टार क्लबले जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगमा निराशाजनक प्रदर्शन यथावत् राखेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार विभागीय टिम नेपाल एपीएफ क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो । यो सँगै ललितपुर टिमको चार खेलबाट ५ अंक भएको छ । लिग शुरू हुनअघि उपाधि दाबेदारीमा […]

आज साफ फुटबल फाइनल : नेपाल बलियो कि भारत ? तथ्य र इतिहास के भन्छ ?

फाइनलमा जे पनि हुनसक्छ।फाइनलसम्म पुगेको टोली कमजोर हुने कुरै भएन। यसपाली माल्दिभ्स पुगेको नेपाली टोली त कमजोर हुँदै नभएको प्रमाणित नै भइसकेको छ।भारतले विस्तारै शुरुआत गरे पनि फाइनल सम्मको यात्रा तय गर्दा उसको खेल झन् परिष्कृत बनेको छ र उपाधिको बलियो दाबेदारका रूपमा उभिइसकेको छ।आज शनिवार नेपाली समयअनुसार बेलुका ८ बजेर ४५ मिनेटमा हुने फाइनल भारतको दक्षिण एसियाली फुटबलमा राज गर्ने दौडको निरन्तरता विरुद्ध साफ च्याम्पियनसिपमा नयाँ विजेताका रूपमा उदाउने उत्कट चाहनामा रहेको नेपालबीचको घमासान प्रतिस्पर्धा हुनेछ।नेपालको हकमा भन्ने हो भने यो नेपाली फुटबलको निकै नै महत्त्वपूर्ण क्षणमध्येको एक हुनेछ।जितले नेपाललाई दक्षिण एसियाली फुटबलको नयाँ विजेताको उपमा दिलाउनेछ भने नेपाली फुटबलको स्तरवृद्धिको प्रमाणपत्र पनि। व्यग्र प्रतीक्षा गरिएको सो खेल शनिवार राती माल्दिभ्सको राष्ट्रिय रंगशालामा हुनेछ।इतिहासनिश्चित रूपमा नेपाली फुटबलको दाँजोमा भारतीय फुटबल हरेक दृष्टिकोणबाट समृद्ध छ। त्यहाँ भारतीय फुटबल खेलाडीहरूको प्रसिद्ध फुटबल प्रतियोगिता आइपीएल चल्छ, जुन धेरै दर्शकले हेर्ने विश्वको चर्चित फुटबल प्रतियोगितामध्येको एकमा पर्छ।उनीहरू सार्क क्षेत्रभन्दा माथि उड्ने अभियानमा लगातार मेहनत गरिरहेका छन्। साफ च्याम्पियनसिप त भारतले सातपटक जितिसक्यो ।नेपाल त इतिहासमै पहिलोपटक फाइनलमा पुगेको हो। नत्र टोली सेमिफाइनलसम्म पुगेर रोकिँदै आएको थियो। तर दुई टोलीको वर्तमान अवस्था भने विल्कुलै फरक देखिएको छ।एकातिर भारतलाई माल्दिभ्समा आफ्नो शैलीमा आउन निकै समय लाग्यो। नेपालले भने पहिलो दिन देखिनै प्रभाव जमाउँदै आएको छ। फेरि नेपाल र भारतबीचको फुटबल भिडन्तमा भारतलाई कहिल्यै पनि सजिलो भएको छैन।भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीको भनाइ सापटी लिने हो भने उनले भनेका छन् - 'जहाँ र जुनसुकै परिस्थितिमा पनि भारतको लागि नेपाल कहिले पनि सजिलो प्रतिस्पर्धी होइन।'नेपाल भारतको पछिल्लो ताजा भेटकै उदाहरण लिउँ।गत महिना नेपालमा खेलिएका दुई मैत्रीपूर्ण खेलमा पहिलो १-१ गोलको बराबरीमा टुङ्गियो भने दोस्रो २-१ को संघर्षपूर्ण खेलमा नेपाल पराजित भयो। साफ च्याम्पियनसिपको लिग चरणमा भएको भेटमा पनि भारतले अन्तिम समयमा १ गोल गरेर नेपाललाई हराएको हो।हतियारयी सबै खेलमा नेपाललाई पराजित गर्दा भारतीय कप्तान क्षेत्रीले नै गोल गरेका हुन्। निसन्देह क्षेत्री नेपाल विरुद्धको सबैभन्दा बलियो हतियार हुन्।जारी प्रतियोगितामा उनले ४ गोल गरिसकेका छन् र प्रतियोगिताको उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीको दाबेदारीमा अग्रपंक्तिमा छन्।ठीक विपरीत नेपालसँग चुस्त मिडफिल्डर अञ्जन विष्ट हुने छैनन्। दुई पहेँलो कार्ड पाएका कारण उनले महत्त्वपूर्ण फाइनल खेल्नबाट वञ्चित भएका छन्।नेपालसग के छ त? जबाफ नेपाली प्रशिक्षक अब्दुल्ला अल मुताइरीको रणनीतिमा हुनेछ।माल्दिभ्समा रहेका खेल पत्रकार हिमेशरत्न बज्राचार्य भन्छन् - 'अञ्जन नहुँदा टोलीमा फरक पर्ने निश्चित छ। तर प्रशिक्षकले हरेक खेलमा फरक फरक रणनीति अपनाएकोले टोली उनमा मात्र निर्भर भने हुनेछैन।'हुनपनि जारी प्रतियोगितामा नेपालले हरेक खेलमा फरक शैली अपनाएको छ। र फरक फरक खेलमा फरक खेलाडीहरू चम्किएका छन्। जस्तै माल्दिभ्स विरुद्धको खेलमा मनिष डाँगी, श्रीलंका विरुद्ध आयुष घलान, अनि सुमन लामा।फेरि किरण चेम्जोङ, रोहित चन्द नेतृत्वको नेपाली रक्षापंक्ति बलियो छ। त्यो त नेपालको मुख्य रक्षा हतियार हो। त्यसो त भारतले दुई पहेँलो कार्ड खाएका रक्षापंक्तिका सुभासिस घोष र चोटका कारण अग्रपंक्तिका फारुख चौधरीलाई पनि फाइनलमा गुमाइसकेको छ।प्रशिक्षक भिडन्तसाफ च्याम्पियनसिपको पहिलो चरणमा भारत र नेपालका प्रशिक्षकबीचको जुहारी त माल्दिभ्समा चर्चा चलेको विषय मध्येको एक हो। सुनिल क्षेत्रीले नेपाल विरुद्ध गोल गरेपछि भारतका क्रोयसियाली प्रशिक्षक इगोरले टच लाइनमा हात उचारेर सेलिब्रेसन गरे।त्यो दुरुस्त त्यही शैलीको खुशियाली थियो, जुन अल मुताइरीले श्रीलंका विरुद्ध नेपालले गोल गर्दा गरेका थिए। खेलपछिको पत्रकार सम्मेलनमा अल मुताइरीले आफूलाई गिज्याएको भन्दै इगोरको जमेर आलोचना गरे। खेलको विश्लेषणभन्दा यिनीहरूको जुहारी समाचारको विषय बन्यो।जबाफमा इगोरले भनेका थिए - 'अवमूल्यन त अल मुताइरीले आफ्नै खेलाडीलाई गरेका हुन्। आफ्नो खेलाडीले एक प्रतिशत मात्र जित्छ भनेर खेलाडीको आत्मबल घटाउने प्रशिक्षक को?'रोचक कुरा के हो भने फाइनलमा भारतीय प्रशिक्षक इगोर हुनेछैनन्। माल्दिभ्ससँगको खेलमा रेफ्रीको निर्णयमा बारम्बार असन्तुष्टि जनाएपछि उनले पनि दोहोरो पहेँलो कार्ड सहित रातो कार्ड पाएका कारण सेकेन्ड हाफमा मैदान छोड्नु परेको थियो।पक्कै पनि त्यो नेपाली प्रशिक्षक अल मुताइरीको लागि भने केही सहज स्थिति बन्नसक्छ। अर्को जिज्ञासा के हो भने लिगमा नेपालको जित्ने मौका 'एक प्रतिशत मात्र रहेको' भन्ने अल मुताइरीले फाइनल अगाडि भने के भन्लान्।प्रतिस्पर्धीभारत र नेपालबीचको फुटबल भिडन्तमा अधिकांश नतीजा भारतकै पक्षमा गएका छन्। ३६ वर्ष भइसक्यो नेपाल र भारतबीच फुटबल प्रतिस्पर्धा हुन थालेको। यस अवधिमा यी दुई टोलीबीच २० खेलमा आमने सामने प्रतिस्पर्धा भइसक्यो ।जसमा ३ खेलमा मात्र नेपालले जित हात पारेको छ। नेपालले पाएका ती जितमा एउटा साफ च्याम्पियनसिप पनि हो। जुन नेपालमा सन् २०१३ मा भएको थियो।स्ट्राइकर अनिल गुरुङ र जुमानु राईले २ गोल गरेपछि नेपाल २-१ ले विजयी भएको थियो। यो खेललाई नेपालको भारत विरुद्धको सबैभन्दा प्रभावशाली जित मानिन्छ।नेपालले भारतलाई पहिलोपटक हराएको भने सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साग)मा हो। निर्धारित समयमा २-२ को बराबरीपछि टाइब्रेकरमा पराजित गरेर नेपालले भारतलाई हराएन मात्र, सागमा स्वर्ण पदक समेत जितेको थियो।त्यो बेला नेपालको लागि उमेश प्रधान र मणि शाहले गोल गरेका थिए। नेपालले भारतलाई हराएको अर्को अवसर सन् २००६ मा भएको एएफसी च्यालेञ्ज कप फुटबल प्रतियोगितामा हो।नेपाल ३ -० ले विजयी भएको सो खेलमा प्रदिप महर्जनले २ गोल र अर्को गोल बसन्त थापाले गरेका थिए। यद्यपी सो प्रतियोगितामा भारतले प्रमुख खेलाडीहरू समावेश गरेको थिएन।पर्खाइप्रतीक्षा अब शनिवार राती ८ बजेर ४५ मिनेटको हुनेछ। माल्दिभ्सको राष्ट्रिय रंगशालामा उपस्थति हुने स्थानीय समर्थकहरूले नेपाली टोलीको समर्थन गर्ने आशा गरिएको छ। माल्दिभ्समा रहेका नेपालीहरूले त शुरु देखिनै देशको पक्षमा समर्थन गर्दै आएका छन्।धेरैको अनुमान छ - भारतीय फुटबलको साख तथा नेपाली युवा खेलाडीहरूको जोश र टिम भावनाबीचको भिडन्त अत्यन्त रोचक हुनेछ। -बिबिसीबाट

साफ प्रतियोगिताको फाइनलमा नेपाल बलियो देखिन्छ कि भारत ? कसको हतियार के ?

फाइनलमा जे पनि हुनसक्छ।फाइनलसम्म पुगेको टोली कमजोर हुने कुरै भएन। यसपाली माल्दिभ्स पुगेको नेपाली टोली त कमजोर हुँदै नभएको प्रमाणित नै भइसकेको छ।भारतले विस्तारै शुरुआत गरे पनि फाइनल सम्मको यात्रा तय गर्दा उसको खेल झन् परिष्कृत बनेको छ र उपाधिको बलियो दाबेदारका रूपमा उभिइसकेको छ।शनिवार हुने फाइनल भारतको दक्षिण एसियाली फुटबलमा राज गर्ने दौडको निरन्तरता विरुद्ध साफ च्याम्पियनसिपमा नयाँ विजेताका रूपमा उदाउने उत्कट चाहनामा रहेको नेपालबीचको घमासान प्रतिस्पर्धा हुनेछ।नेपालको हकमा भन्ने हो भने यो नेपाली फुटबलको निकै नै महत्त्वपूर्ण क्षणमध्येको एक हुनेछ।जितले नेपाललाई दक्षिण एसियाली फुटबलको नयाँ विजेताको उपमा दिलाउनेछ भने नेपाली फुटबलको स्तरवृद्धिको प्रमाणपत्र पनि। व्यग्र प्रतीक्षा गरिएको सो खेल शनिवार राती माल्दिभ्सको राष्ट्रिय रंगशालामा हुनेछ।इतिहासनिश्चित रूपमा नेपाली फुटबलको दाँजोमा भारतीय फुटबल हरेक दृष्टिकोणबाट समृद्ध छ। त्यहाँ भारतीय फुटबल खेलाडीहरूको प्रसिद्ध फुटबल प्रतियोगिता आइपीएल चल्छ, जुन धेरै दर्शकले हेर्ने विश्वको चर्चित फुटबल प्रतियोगितामध्येको एकमा पर्छ।उनीहरू सार्क क्षेत्रभन्दा माथि उड्ने अभियानमा लगातार मेहनत गरिरहेका छन्। साफ च्याम्पियनसिप त भारतले सातपटक जितिसक्यो ।नेपाल त इतिहासमै पहिलोपटक फाइनलमा पुगेको हो। नत्र टोली सेमिफाइनलसम्म पुगेर रोकिँदै आएको थियो। तर दुई टोलीको वर्तमान अवस्था भने विल्कुलै फरक देखिएको छ।एकातिर भारतलाई माल्दिभ्समा आफ्नो शैलीमा आउन निकै समय लाग्यो। नेपालले भने पहिलो दिन देखिनै प्रभाव जमाउँदै आएको छ। फेरि नेपाल र भारतबीचको फुटबल भिडन्तमा भारतलाई कहिल्यै पनि सजिलो भएको छैन।भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीको भनाइ सापटी लिने हो भने उनले भनेका छन् - 'जहाँ र जुनसुकै परिस्थितिमा पनि भारतको लागि नेपाल कहिले पनि सजिलो प्रतिस्पर्धी होइन।'नेपाल भारतको पछिल्लो ताजा भेटकै उदाहरण लिउँ।गत महिना नेपालमा खेलिएका दुई मैत्रीपूर्ण खेलमा पहिलो १-१ गोलको बराबरीमा टुङ्गियो भने दोस्रो २-१ को संघर्षपूर्ण खेलमा नेपाल पराजित भयो। साफ च्याम्पियनसिपको लिग चरणमा भएको भेटमा पनि भारतले अन्तिम समयमा १ गोल गरेर नेपाललाई हराएको हो।हतियारयी सबै खेलमा नेपाललाई पराजित गर्दा भारतीय कप्तान क्षेत्रीले नै गोल गरेका हुन्। निसन्देह क्षेत्री नेपाल विरुद्धको सबैभन्दा बलियो हतियार हुन्।जारी प्रतियोगितामा उनले ४ गोल गरिसकेका छन् र प्रतियोगिताको उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीको दाबेदारीमा अग्रपंक्तिमा छन्।ठीक विपरीत नेपालसँग चुस्त मिडफिल्डर अञ्जन विष्ट हुने छैनन्। दुई पहेँलो कार्ड पाएका कारण उनले महत्त्वपूर्ण फाइनल खेल्नबाट वञ्चित भएका छन्।नेपालसँग के छ त? जबाफ नेपाली प्रशिक्षक अब्दुल्ला अल मुताइरीको रणनीतिमा हुनेछ।माल्दिभ्समा रहेका खेल पत्रकार हिमेशरत्न बज्राचार्य भन्छन् - 'अञ्जन नहुँदा टोलीमा फरक पर्ने निश्चित छ। तर प्रशिक्षकले हरेक खेलमा फरक फरक रणनीति अपनाएकोले टोली उनमा मात्र निर्भर भने हुनेछैन।'हुनपनि जारी प्रतियोगितामा नेपालले हरेक खेलमा फरक शैली अपनाएको छ। र फरक फरक खेलमा फरक खेलाडीहरू चम्किएका छन्। जस्तै माल्दिभ्स विरुद्धको खेलमा मनिष डाँगी, श्रीलंका विरुद्ध आयुष घलान, अनि सुमन लामा।फेरि किरण चेम्जोङ, रोहित चन्द नेतृत्वको नेपाली रक्षापंक्ति बलियो छ। त्यो त नेपालको मुख्य रक्षा हतियार हो। त्यसो त भारतले दुई पहेँलो कार्ड खाएका रक्षापंक्तिका सुभासिस घोष र चोटका कारण अग्रपंक्तिका फारुख चौधरीलाई पनि फाइनलमा गुमाइसकेको छ।प्रशिक्षक भिडन्तसाफ च्याम्पियनसिपको पहिलो चरणमा भारत र नेपालका प्रशिक्षकबीचको जुहारी त माल्दिभ्समा चर्चा चलेको विषय मध्येको एक हो। सुनिल क्षेत्रीले नेपाल विरुद्ध गोल गरेपछि भारतका क्रोयसियाली प्रशिक्षक इगोरले टच लाइनमा हात उचारेर सेलिब्रेसन गरे।त्यो दुरुस्त त्यही शैलीको खुशियाली थियो, जुन अल मुताइरीले श्रीलंका विरुद्ध नेपालले गोल गर्दा गरेका थिए। खेलपछिको पत्रकार सम्मेलनमा अल मुताइरीले आफूलाई गिज्याएको भन्दै इगोरको जमेर आलोचना गरे। खेलको विश्लेषणभन्दा यिनीहरूको जुहारी समाचारको विषय बन्यो।जबाफमा इगोरले भनेका थिए - 'अवमूल्यन त अल मुताइरीले आफ्नै खेलाडीलाई गरेका हुन्। आफ्नो खेलाडीले एक प्रतिशत मात्र जित्छ भनेर खेलाडीको आत्मबल घटाउने प्रशिक्षक को?'रोचक कुरा के हो भने फाइनलमा भारतीय प्रशिक्षक इगोर हुनेछैनन्। माल्दिभ्ससँगको खेलमा रेफ्रीको निर्णयमा बारम्बार असन्तुष्टि जनाएपछि उनले पनि दोहोरो पहेँलो कार्ड सहित रातो कार्ड पाएका कारण सेकेन्ड हाफमा मैदान छोड्नु परेको थियो।पक्कै पनि त्यो नेपाली प्रशिक्षक अल मुताइरीको लागि भने केही सहज स्थिति बन्नसक्छ। अर्को जिज्ञासा के हो भने लिगमा नेपालको जित्ने मौका 'एक प्रतिशत मात्र रहेको' भन्ने अल मुताइरीले फाइनल अगाडि भने के भन्लान्।प्रतिस्पर्धीभारत र नेपालबीचको फुटबल भिडन्तमा अधिकांश नतीजा भारतकै पक्षमा गएका छन्। ३६ वर्ष भइसक्यो नेपाल र भारतबीच फुटबल प्रतिस्पर्धा हुन थालेको। यस अवधिमा यी दुई टोलीबीच २० खेलमा आमने सामने प्रतिस्पर्धा भइसक्यो ।जसमा ३ खेलमा मात्र नेपालले जित हात पारेको छ। नेपालले पाएका ती जितमा एउटा साफ च्याम्पियनसिप पनि हो। जुन नेपालमा सन् २०१३ मा भएको थियो।स्ट्राइकर अनिल गुरुङ र जुमानु राईले २ गोल गरेपछि नेपाल २-१ ले विजयी भएको थियो। यो खेललाई नेपालको भारत विरुद्धको सबैभन्दा प्रभावशाली जित मानिन्छ।नेपालले भारतलाई पहिलोपटक हराएको भने सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साग)मा हो। निर्धारित समयमा २-२ को बराबरीपछि टाइब्रेकरमा पराजित गरेर नेपालले भारतलाई हराएन मात्र, सागमा स्वर्ण पदक समेत जितेको थियो।त्यो बेला नेपालको लागि उमेश प्रधान र मणि शाहले गोल गरेका थिए। नेपालले भारतलाई हराएको अर्को अवसर सन् २००६ मा भएको एएफसी च्यालेञ्ज कप फुटबल प्रतियोगितामा हो।नेपाल ३ -० ले विजयी भएको सो खेलमा प्रदिप महर्जनले २ गोल र अर्को गोल बसन्त थापाले गरेका थिए। यद्यपी सो प्रतियोगितामा भारतले प्रमुख खेलाडीहरू समावेश गरेको थिएन।पर्खाइप्रतीक्षा अब शनिवार राती ९ बजेको हुनेछ। माल्दिभ्सको राष्ट्रिय रंगशालामा उपस्थति हुने स्थानीय समर्थकहरूले नेपाली टोलीको समर्थन गर्ने आशा गरिएको छ। माल्दिभ्समा रहेका नेपालीहरूले त शुरु देखिनै देशको पक्षमा समर्थन गर्दै आएका छन्।धेरैको अनुमान छ - भारतीय फुटबलको साख तथा नेपाली युवा खेलाडीहरूको जोश र टिम भावनाबीचको भिडन्त अत्यन्त रोचक हुनेछ। -बिबिसीबाट

साफ च्याम्पियनसिप : नेपाललाई फाइनल पुग्न बंगलादेश कति बाधक ?

नेपाली फुटबल टोलीले बुधवार साँझ पौने पाँच बजे प्रतिद्वन्द्वी बाङ्ग्लादेशसँग खेल्दैछ। यो खेल नेपाली फुटबलको लागि धेरै अर्थमा महत्त्वपूर्ण छ।यो खेलबाट कम्तीमा एक अङ्क अर्थात् बराबरी मात्र गर्न सके नेपाल साफ फुटबल च्याम्पियनशिपको फाइनलमा पुग्नेछ।र, साफ च्याम्पियनशिपको २८ वर्षे यात्रामा पहिलो पटक उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। हारको अर्थ भनेको चाहिँ प्रतियोगिताबाट बाहिरिनु हो।दक्षिण एशियाको टापु देश माल्दिभ्समा सञ्चालन भइरहेको प्रतियोगिताको १३ औँ संस्करणमा शुरुका दुई खेल जितेपछि नेपाल प्रतियोगिताको दावेदार टोलीको रूपमा देखिएको थियो।तर सहभागी सबै पाँच राष्ट्र (नेपाल, भारत, बाङ्ग्लादेश, श्रीलङ्का र आयोजक माल्दिभ्स) ले एक अर्कोसँग खेलेपछि अहिले प्रतियोगिताको समीकरण असाध्यै रोचक मोडमा पुगेको छ।त्यो रोचक मोडमा नेपाली फुटबल समर्थकहरूले बुझेको एउटै विषय के हो भने नेपालले बाङ्ग्लादेशसँग 'कम्तीमा हार' नबेहोरे पुग्छ। साफ च्याम्पियनशिप दक्षिण एशियाली राष्ट्रहरूको सबैभन्दा ठूलो फुटबल प्रतिस्पर्धा हो।प्रतिद्वन्द्वीखेलाडीहरूको मनोविज्ञान हेर्ने हो भने नेपाली फुटबल टोली बाङ्ग्लादेशमाथि पछिल्लो समय हावी हुँदै आएको छ। नेपाली खेलाडीहरू भन्ने गर्छन्- 'बाङ्ग्लादेशलाई त ह्याकुलाको कमाल देखाइन्छ नि।'तर तथ्याङ्कले त्यसो भनिरहेको छैन। यी दुई टोलीबीच तीन दशक लामो फुटबल इतिहासमा २२ पटक आमनेसामने खेल भएका छन्। तीमध्ये १३ खेलमा बाङ्ग्लादेश र ७ खेलमा मात्र नेपाल विजयी भएको छ। दुई खेल बराबरीमा टुङ्गिएको छ।साफ च्याम्पियनशिपकै कुरा गर्ने हो भने यी दुई टोली सात पटक भिडेका छन्, जसमा ४ जित बाङ्ग्लादेशको नाममा छ भने नेपालले ३ जित हासिल गरेको छ।तर रमाइलो पक्ष के हो भने नेपालले जितेका तीन खेलहरू पछिल्ला प्रतियोगितामा हुन्। त्यसैले नेपाली खेलाडीहरूको मनस्थितिमा 'ह्याकुला' बलियो भएको भान परेको हुनुपर्छ।सबैभन्दा ताजा उदाहरण दिने हो भने नेपालले बाङ्ग्लादेशलाई सात महिनाअगाडि काठमाण्डूको दशरथ रङ्गशालामा हराएको हो। उक्त जित वर्तमान प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीको आगमनको ठिक अगाडि भएको हो। बालगोपाल महर्जन प्रशिक्षक भएको टोलीले बाङ्ग्लादेशलाई फाइनलमा पराजित गरी थ्री नेसन्स कपको उपाधि नै जितेको थियो।रोचकयी दुई देशको प्रतिस्पर्धा र तिनको परिणामका थुप्रै रोचक कथा छन्। के तपाईँहरूलाई सागर थापाको त्यो गोलको सम्झना छ? जुन सन् २०११ को भारतमा सम्पन्न साफ च्याम्पियनशिपको बेला उनले बाङ्ग्लादेशविरुद्ध गरेका थिए।धेरैलाई याद छ- तात्कालीन कप्तान थापाले झन्डै ३० यार्ड टाढाबाट गरेको घुमाउरो फ्रि किक अविश्वसनीय ढङ्गले गोलमा परिणत हुन पुगेको थियो।त्यो गोल खेल सकिने सिटी फुक्नु ३० सेकेन्डअगाडि भएको थियो। जसले नेपाललाई च्याम्पियनशिपको सेमिफाइनलमा पुर्‍याएको थियो भने बाङ्ग्लादेशलाई उसको घर फर्काइदिएको थियो।त्यो गोल त फिफाको साताको उत्कृष्ट गोलको मनोनयनमा नै परेको थियो। त्यसको ठिक दुई वर्षअगाडि बाङ्ग्लादेशले काठमाण्डूको दशरथ रङ्गशालामा सारा नेपाली समर्थकहरूबीच साग गेम्स (दक्षिण एशियाली खेलकुद प्रतियोगिता) मा नेपाललाई हराउँदै उपाधि लगेको थियो।आठौँ सागको आयोजक नेपालले आयोजनाको अन्तिम दिन भएको खेलमा भोगेको पराजय बाङ्ग्लादेशको हातबाट भएका पीडादायी हारमध्येमा पर्छ। कतिपयले उपाधि विमुख भएपछि युवा खेलाडी वसन्त गौचन मैदानमा रोएको घटना पनि सम्झिन्छन्।साफ च्याम्पियनशिपमा नेपालले बाङ्ग्लादेशलाई पनि कम्ता दुःख दिएको छैन। सन् २०१८ मा समूह चरणमै भएको खेलमा नेपालले आयोजकलाई हराएको थियो।जसका कारण बाङ्ग्लादेशमै भएको प्रतियोगितामा घरेलु टोली समूह चरणमै रोकिन पुगेको थियो। विगतका यी भेटहरू भन्दा आजको भेट दुवै देशका लागि सबैभन्दा चुनौतीपूर्ण मोडमा भएको छ।स्वाभाविक छ - बुधवार दुवै टोलीले 'गर या मर' को स्थितिमा खेल्नेछन्।मित्रतादक्षिण एशियाली फुटबल नियाल्ने हो भने फुटबलमा नेपाल र बाङ्ग्लादेश सबैभन्दा नजिक छन्। यिनीहरूलाई साफ फुटबलको 'मिल्ने दौँतरी' भन्दा फरक पर्दैन।९० को दशकमा नेपाली खेलाडीहरूको व्यावसायिक फुटबलको गन्तव्य नै बाङ्ग्लादेश थियो। नेपालका त्यतिबेलाका चर्चित खेलाडीहरूको नाम त्यहाँको फुटबल जगत्‌मा अहिले पनि कण्ठ नै छ।त्यस हिसाबमा बङ्गालीहरू पनि दक्षिण एशियाका अन्य देशको तुलनामा नेपालकै समर्थन गर्छन्।यी दुई टोलीबीचच नै सबैभन्दा धेरै मैत्रीपूर्ण खेलहरू भएका छन्। एक घण्टाको हवाई यात्राले जोडिने यी दुई देशका फुटबल अधिकारीहरू पनि सुखदुःखका साथीहरू जस्तै देखिन्छन्।जस्तै कोभिड -१९ को पहिलो चरणको बेला फुटबल गतिविधि ठप्पै हुँदा बाङ्ग्लादेशले नेपाललाई दुई मैत्रीपूर्ण फुटबलका लागि ढाका बोलायो।बदलामा नेपालले पनि थ्री नेसन्स कपमा बाङ्ग्लादेशलाई बिर्सेन।यति मात्र होइन, बाङ्ग्लादेशको महिला टोलीलाई दुई मैत्रीपूर्ण खेलका लागि पनि नेपालले निम्तो दियो। तर अहिले भने यी दुई राष्ट्र एक अर्कोलाई हराउने रणनीति बुनिरहेका छन्।नेपाली प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीले खेल अगाडिको पत्रकार सम्मेलनमा अनुपस्थित भएर फाइनल पुग्नु अगाडि आफूलाई रहस्यमय बनाएका छन्। भारतसँग 'अत्यन्तै रक्षात्मक' खेलेर आलोचित नेपाल, बाङ्ग्लादेशसँग भने मिश्रित शैलीले खेल्ने फुटबल विश्लेषकहरूको अनुमान हो।त्यो रणनीति भनेको पहिलो हाफमा ३ अङ्कका लागि र दोस्रो हाफमा एक अङ्कका लागि हुने अनुमान छ। -बिबिसी

पाँचौपटक आहा राराको उपाधि थ्री स्टारको पोल्टामा

पोखरा : पोखरामा जारी मोफसलकै सर्वाधिक चर्चित १७ औँ संस्करणको आहा रारा गोल्ड कपको उपाधि यस वर्ष पनि थ्री स्टारले हात पारेको छ। विभागीय टिम त्रिभुवन आर्मीलाई सडन डेथमा ५-४ को नतिजाले पन्छाउँदै थ्री स्टारले पाचौँ पटक उपाधि चुमेको हो। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय...

शुक्रबारदेखि ला लिगाको नयाँ सिजन सुरू

गएरातिदेखि स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन सुरू भएको छ। युरोपको शीर्ष लिगमध्ये एक रहेको विश्व चर्चित ला लिगाको नयाँ सिजनको सुरूवातको दिन दुई खेल भए। जसमध्ये पहिलो खेलमा लेभान्टेले विजयी सुरूवात गरेको छ भने दोस्रो खेलमा जिरोना र रियल भालाडोलिडबिच बराबरीमा सकियो।

पेनाल्टी मिस भएपछि मेसीले भने, ‘म टुटेकाे छु’

काठमाडाैं ।  विश्वकपमा डेब्यु गरेको टिम आइसल्याण्डसँगको खेलमा विश्वकपको साविक उपविजेता अर्जेन्टिनाले बराबरीमा रोकिएको छ । विश्व चर्चित फुटबलर तथा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पेनाल्टी मिस गर्दा खेल बराबरीमा रोकिएको हो ...