मादी नदी लिफ्टिङ आयोजनाको सर्भे सुरु

व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भादगाउँ क्षेत्रमा दीर्घकालीन खानेपानी समस्या समाधान गर्न मादी नदी लिफ्टिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सर्भे सुरु गरेको छ । पहिलो चरणको ‘भिजिबिलिटी सर्भे’ पश्चात् व्यास नगरपालिका–४ स्थित करीब तीन किलोमिटर दूरीको मादी नदी किनारमा पानी बोरिङ गरी लिफ्टिङ गर्न सर्भे थालेको हो ।

सम्बन्धित सामग्री

ऋण काढेर भएपनि वडावासीलाई खानेपानी

तनहु, १० कात्तिक । व्यासनगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दातृ निकायसँग ऋण काढेर भएपनि उपभोक्तालाई खानेपानी उपलब्ध गराउने भएको छ । मादी नदी लिफ्टिङ खानेपानी आयोजनाका लागि बुझाउनुपर्ने रकम अपुग भएपछि समितिले नगर विकास कोषसँग ऋण लिन लागेको हो । करिब रु २६ करोडको लगानीमा सम्पन्न हुने उक्त आयोजनाका लागि […]

व्यास नगरक्षेत्रको खानेपानीको समस्या हट्दै

-व्यास नगरपालिकाभित्र पानीको समस्या समाधान गर्न मादी नदी नयाँ लिफ्टिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार (डीपीआर) सम्पन्न भएको छ । नगरपालिकाको १४ वडामध्ये १ मा सबैभन्दा धेरै दुई हजार ४६० जनसङ्ख्या रहेका छन् । वर्षमा २०० देखि ३०० सम्म नयाँ घर निर्माण हुने क्रम बढेसँगै यस क्षेत्रमा खानेपानीको समस्या रहँदै आएको छ ।