जनता समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको विषयमा छलफल सुरु गरेको छ । शुक्रवारदेखि सुरु भएको जसपाको कार्यकारिणी समितिको बैठकले संसदीय बोर्डबाट सिफारिस भएको समानुपातिक उम्मेदवारहरूको बारेमा छलफल सुरु भएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।उनले भने, 'संसदीय बोर्डले समानुपातिक सूचीलाई सर्ट लिस्ट गरी कार्यकारिणी समितिमा पठाएको छ, त्यसैमा प्रदेशगत छलफल सुरु भएको छ भोली यसबारेमा निर्णय हुन्छ ।’ समानुपातिक उम्मेदवार चयन गर्ने काय पार्टीमा क्रियाशीलतालाई मुख्य आधार बनाइएको उनले बताए