गृह मन्त्रालयले एकैपटक ४० जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । जसअन्तर्गत ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले बिहीबार एकैपटक ४० जना उपसचिवहरूको सरुवा र पदस्थापन गरेको हो ।