चालू आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको सरकार बजेट कार्यान्वयनको चार महिना पनि नबित्दै आफ्नै लक्ष्यबाट पछि हटेको छ । केही दिनअघि विश्व बैंकले दक्षिण एसियामा आर्थिक मन्दीको अवस्था भयावह भएको र त्यसको असर नेपालमा पनि पर्ने भन्दै नेपालको आर्थिक वृद्धिको प्रक्षेपण घटाएको थियो । विश्व बैंकले प्रक्षेपण घटाएको केही दिनपछि सरकार पनि आफ्नै लक्ष्यबाट पछि हट्दै चालू आर्थिक वर्षमा ७.१ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रारम्भिक अनुमान गरेको छ ।