आमा मरेपछि बाबाको जिन्दगी देखेर एकदमै रोएँ । बाबा पैँतीस वर्ष हुँदा आमा बित्नु भएको थियो । केही समयको अन्तरालमा बाबाले दाजुको त्यसपछि मेरो विवाह गरिदिनु भयो । छोरी मान्छे म पराइ घर घर गएँ । दाजु जागिरे भएकाले भाउजूलाई पनि सँगै लिएर जानुभयो । त्यसपछि बाबा घरमा सधैँ एक्लै हुनुभयो । परिवार भेट हुने भनेको चाडबाडमा मात्र रहेछ । बाबा एक्लै भएकाले सधैँ रोएर बस्नुहुन्थ्यो । मैले बाबाको बिहे गर्ने सुर गरेँ । तर उहाँलाई केही भनिनँ । पहिले केटीको तजबिज मिलाउने पक्षमा थिएँ म । मेरो घरबाट केही टाढा