ओलीले तोकेको निर्वाचनको मिति नसार्न नेम्वाङको आग्रह

काठमाडौं। नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन नसार्न आग्रह गरेका छन्। उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेको निर्वाचन मिति नसार्न आग्रह गरेका हुन्। आज संसद् भवनमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिने क्रममा उनले निर्वाचन नसार्न आग्रह गरेका थिए। उनले भने,‘यो निर्वाचन हामीले सम्पन्न गर्नु पर्ने छ। प्रधानमन्त्री ज्यू यो निर्वाचन नसार्नु होला है।’

सम्बन्धित सामग्री

एमाले अध्यक्षका लागि ओली र रावलबीच हुने नै भयो निर्वाचन

१३ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ । सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे […]

निर्धारित समयमा निर्वाचन हुन्छ, भ्रममा नपर्नू : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन निर्धारित समयमै हुने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले हरेक पाइलामा घेराबन्दी र विरोध मात्रै सामना गरिरहनुपरेको बताउँदै त्यसले अमूल्य समयलाई अकर्मण्यताबाट रोक्न ताजा जनादेश माग्नु एक मात्रै विकल्प भएको बताए । उनले निर्वाचन समयमा नै नहुने भन्ने भ्रममा नपर्न पनि आग्रह गरे […]

निर्वाचन आयोगले भन्यो, तोकिएको समयमा निर्वाचन गर्न तयार छौं

काठमाडौं। निर्वाचन आयोगले तोकिएको मितिमा निर्वाचन गराउन तयार रहेको बताएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले यस्तो बताएका हुन। आजको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा जुट्न निर्वाचन आयोगलाई आग्रह गरेका थिए। प्रतिनिधिसभा विघटन भएपछि कात्तिक २६ र मंसिर ३ मा निर्वाचनको मिति तोकिएको छ।

प्रधानमन्त्री ओलीसँग निर्वाचन आयोग रुष्ट

काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओली तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वयंले राष्ट्रिय सभा सदस्यको रिक्त पदको उपनिर्वाचनको मौन अवधिमा आचारसंहिता उल्लंघन गरेकोमा निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ । उपनिर्वाचन हुने अघिल्लो दिन बुधबार आयोगले सो ध्यानाकर्षण गराएको हो । मौन अवधि शुरु भइसकेपछि पनि आचार संहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा […]

ओलीको निर्णयविरुद्ध माधव समूह फेरी निर्वाचन आयोगमा

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान विपरीत निर्णय गरेको भन्दै माधवकुमार नेपाल पक्ष फेरी निर्वाचन आयोग पुगेको छ।समूहले आज साँझ फागुन २३ गतेको फैसला विपरीत अध्यक्ष ओलीले निर्णयलाई सच्याउन माग गर्दै लिखित रूपमा आयोग पुगेर असन्तुष्टि व्यक्त गरेको हो। नेता वेदुराम भुसालले भने, ‘ओलीको कदम विधान, राजनीतिक ऐन र संविधान विपरीत छ, लिखित रुपमा पत्र बुझाएका छौं।’

निर्वाचन प्रक्रिया नरोक्न आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन  सम्पन्न गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । यसअघि नेकपा विवादपछि प्रचण्ड-माधव पक्षले निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो । मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएपछि निर्वाचन तयारी निरन्तर अघि बढाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आयोग परिसरमा उपस्थित सञ्चारकर्मील

निर्वाचन आयोगले ओलीको सिङ-जुरो भाँचिदियो : माधव नेपाल

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको सिङ्ग जुरो भाँचिदिएको बताएका छन्

निर्वाचन आयोगको निर्णय : ओली समूहलाई बढी धक्का

१२ माघ, काठमाडौं । नेकपाका दुबै समूहलाई कानूनी मान्यता नदिने निर्वाचन आयोगको आइतबारको निर्णयलाई आफ्नो जीतका रुपमा केपी ओली पक्षका नेताले विश्लेषण गरेका थिए । तर, सोमबार आयोगको पत्र पढेपछि भने ओली पक्षका नेताहरु केही निराश बने । अर्कोतिर, प्रचण्ड-माधव पक्षका नेता चाहिँ आफ्नो जीत भएको भन्दै उत्साहित देखिए । आयोगले ओलीद्वारा मनोनित करिब एक […]

निर्वाचन आयोगलाई ओली समूहको पत्र, मूल पार्टी भएको दाबी पेस

नेकपाको केपी ओली समूहले मूल पार्टीको वैधानिक मान्यताका लागि दाबीसहित निर्वाचन आयोगलाई जवाफ पेस गरेको छ । ओली समूहमा रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महासचिव विष्णु...

एक दिनपनि तलमाथि नगरी निर्धारित मितिमै निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुने बताएका छन् । शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको ताजा जनादेशको लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष बैशाख १७ गते र २७ गते नै निर्वाचन हुने बताए । एकदिन पनि निर्वाचन तलमाथि नहुने भन्दै उहाँले कार्यकर्ताहरुलाई निर्वाचनको वातावरण सिर्जना गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले आफुलाई लोकतन्त्र मास्न लागेको आर