खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको कोरोनाबाट मृत्यू

काठमाडौं। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको मृत्यु भएको छ। कोभिड–१९ संक्रमित भएपछि उपचाररत श्रेष्ठको मृत्यू भएको हो। संक्रमण पुष्टि भएपछि वैशाख २३ गते नै उनी अस्पताल भर्ना भएका थिए। उपचारपछि पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्यमा सुधार भएको थिएन। उनी २०७५ सालमा खुद्रा व्यापार संघको अध्यक्षमा निर्वाचित बनेका थिए।

सम्बन्धित सामग्री

चाडबाडको मुखमा अकासिंदाे खाद्यान्न भाउ

६ असोज, काठमाडौं । चाडबाडको मुखमा व्यापारीले ‘दाउ हेरेर’ भाउ बढाउन थालेका छन् । जसको प्रत्यक्ष मारमा उपभोक्ता परिरहेका छन् । पछिल्लो एक महिनामा खानेतेलदेखि चामलसम्मको भाउ उच्च दरमा बढेको छ । नेपाल खुद्रा व्यापार संघ …

महानगरको निर्णयविरुद्ध व्यापारीले गरे बजार बन्द

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् । मेयर नागेश कोइरालाको निर्णय विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् । पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले जानकारी गराउनुभयो । महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाएको व्यापारीको गुनासो छ । महानगरपालिकाले […]

ठूला व्यापारीको रजाइँ भयो, स्टकका सामानमा मूल्यवृद्धि : खुद्रा व्यापार संघ

आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणलगत्तै कोटेश्वर निवासी चन्दा पौडेल फ्रिज खरिद गर्न न्युरोड पुगिन् । व्यवसायीले भन्सार बढेको जनाउँदै बजारभाउ भन्दा थप ५ प्रतिशत बढी रकम असुल्न खोजे ।   ‘बजेट भाषणको ...