महानगरको निर्णयविरुद्ध व्यापारीले गरे बजार बन्द

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि व्यापारीले बजार बन्द गराएका छन् । मेयर नागेश कोइरालाको निर्णय विरोध गर्दै व्यापारीले मुख्य बजार बन्द गराएका हुन् । पसल बन्द गराएर आन्दोलनमा उत्रिएको खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले जानकारी गराउनुभयो । महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाएको व्यापारीको गुनासो छ । महानगरपालिकाले […]