रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार युक्रेनको अवस्थाबारे छलफल गरेका छन् । "फ्रान्सेली पक्षको पहलमा भएको टेलिफोन वार्ताको क्रममा भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको स्थितिमा गम्भीर र स्पष्ट विचार आदानप्रदान गरेको" क्रेमलिनको विज्ञप्तिमा जनाइएको छ।सो अवसरमा पुटिनले विशेष सैन्य कारबाही शुरु गर्ने निर्णय गर्नुको कारण र परिस्थितिहरुको विस्तृत व्याख्या गर्नुभएको जनाइएको छ। दुवै पक्ष निकट सम्पर्कमा रहन सहमत