बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान, बिनामारे, हटिया र दर्लिङमा कार्यक्रम

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं । संघीयता र भ्रष्टाचार विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ सञ्चालन गरिरहेको विशेष संगठनात्मक अभियान शनिबार बिनामारे, हटिया र दर्लिङमा सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत टोली नं. १ ले जैमिनी नगरपालिका–५ बिनामारेमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ ।  कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले गिरिजाप्रसाद कोइरालाले आफू बहुमत भएको संसद विघटन गरी राजनैतिक अस्थिरता निम्ताएको कारण २०५९ मा राजाले शासनसत्ता आफ्नो हातमा सत्ता लिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पनि आफ्नो झण्डै दुई तिहाई समर्थन रहेको संसद विघटन गरेर राजनैतिक अस्थिरता निम्ताएको बताउनु भयो । नेपाली जनता निरङकुशता विरुद्ध लडेको ईतिहास स्मरण गर्दै जैमिनीघाटको झुठा मुद्दा लगाएर ज्युँदै खुट्टा जलाउनेहरु जनता सामु हारेको बताउनु भयो । अहिले प्रधानमन्त्री ओलीको निरङकुश तथा असंवैधानिक कदमलाई फिर्ता गराउनको विकल्प नरहेको बताउनु भयो । कार्यक्रममा अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य दिल बहादुर दर्जी, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नरबहादुर पुन, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा जैमिनी नगर कार्यपालिका सदस्य रुद्रा केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा जैमिनी नगर सचिव ठाकुर शर्माले मन्तब्य दिनुभएको थियो । कार्यक्रममा अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जाल, राष्ट्रिय जनमोर्चा नगर सल्लाहकार तथा जैमिनी ५ का वडा अध्यक्ष गोपाल प्रशाद शर्मा, सल्लाहकार बालकृष्ण पौडेल, अखिल नेपाल जनजाती सम्मेलन जैमिनीका अध्यक्ष होमबहादुर पुन, शुभेक्षा एफएम कुश्मिशेराका स्टेशन मेनेजर सन्ध्या आचार्य, अखिल नेपाल युवक संघ जैमिनी नगर सदस्य रामबहादुर थापा लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष रवि प्रशाद शर्माको अध्यक्षता, राम कुमार विकको सञ्चालन र नगर सदस्य नारायण पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । यस्तै, टोली नं. २ ले गलकोट नगरपालिकाको नगर प्रशिक्षण भेला हटियामा ...

सम्बन्धित सामग्री

बिशेष संगठनात्मक अभियान अमलाचौरमा सम्पन्न

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान २०७७पौष २८ गते अमलाचौरमा सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत टोली नं. २ ले बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवरले प्रशिक्षणको क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक पद्धति बिपरित र असंवैधानिक तरीकाले संसद विघटन गरेर गणतन्त्र विरोधी शक्तिलाई फाईदा पुर्याउने काम गरेको बताउनु भयो । उहाँले बैदेशिक चलखेलले राष्ट्रियता समेत खतरामा परेकाले सबै राष्ट्रबादी शक्ति आन्दोलित हुनु पर्ने बताउनु भयो । त्यस्तै, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, जिल्ला सदस्यहरु लोकनाथ शर्मा र योगेन्द्रराज पौडेलले पनि मन्तब्य दिनु भएको थियो । कार्यक्रममा जातीय समता समाज बागलुङका जिल्ला सदस्य गोबिन्दलाल बिक, अखिल नेपाल महिला संघ नगर सदस्य मुमा शर्मा, बयोबृद्ध बामपंथी नेता सालीकग्राम शर्मा लगायतको आतित्थ्यता रहेको थियो । वडा समितिका अध्यक्ष घनश्याम बिकको अध्यक्षता, उपाध्यक्ष गोबिन्द् प्रशाद पौडेलको सञ्चालन र मुमा देबि शर्माको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । भने भोलि पौष २९ गते काठेखोला गाउँपालिका ४ तंग्राम र बडिगाड गाउँपालिका १ दगामा पहिलो चरणको कार्यक्रम समापन हुने छ । यो पनि राजमो बागलुङको अभियान कुश्मिशेरा र नारायणस्थानमा राजमो बागलुङको विशेष संगठनात्मक अभियान सर्कुवा र पैँयुपाटामा बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान, बिनामारे, हटिया र दर्लिङमा कार्यक्रम यसरी चल्दैछ बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान‍ बिशेष संगठनात्मक अभियान जैदी, हरिचौर र बोबाङमा सम्पन्न राजमोको बिशेष संगठनात्मक अभियान राङखानी, मल्म र गादीखोलामा विशेष संगठनात्मक अभियान : राजमाेमा प्रवेशकाे लहर बागलुङको विशेष संगठनात्मक अभियान धुल्लुबास्कोट र खुङ्गामा तीब्ररुपमा अगाडि बढ्दै राजमो बागलुङको बिशेष संगठनात्मक अभियान बागलुङमा जारी विशेष संगठनात्मक अभियान सुखाैरा र झिम्पामा राष्ट्रिय जनमोर्चा बागलुङले तय गर्‍यो जिल्लाब्यापी संगठनात्मक अभिया

राजमो बागलुङको विशेष संगठनात्मक अभियान सर्कुवा र पैँयुपाटामा

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘ विघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं’ । भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान २०७७ पौष २६ गते सर्कुवा र पैयुपाटामा सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत टोली नं.१ ले जैमिनी नगरपालिका वडा नं. ४ सर्कुवामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । प्रमुख अतिथि अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुनले कार्यकर्तालाई प्रशिक्षण दिदै भन्नु भयो प्रधानमन्त्री केपी ओलीले असंवैधानिक किसिमले संसद विघटन गरेर राजनैतिक अस्थिरता निम्ताएकोले बैदेशिक चलखेल बढेको बताउनु भयो । उहाँले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षता लाई बचाउन एकजुट भएर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनु भयो । त्यस्तै, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, जनता मावि सर्कुवाको भुतपूर्व प्रअ मेघराज ढकाल, अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जालले पनि सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा साबिक सर्कुवा गाविसका भुतपूर्व अध्यक्ष भरत पौडेल लगायतको आतित्थ्यता रहेको थियो । वडा समितिका अध्यक्ष चन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष खगेन्द्र थापाको सञ्चालन र सचिव मुकुन्द पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । यसैगरी, टोली नं २ ले बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटा मा वडा प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रमका राष्ट्रिय जनमोर्चाका बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सदस्य लोकनाथ शर्माले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम भैर बहादुर रोकाको अध्यक्षता सम्पन्न भएको थियो । अभियान अन्तरगत छिस्तीमा जिल्ला सदस्य डिल बहादुर श्रीसको बिशेष उपस्थितिमा धुस वाईनकुना भडकुवा टोल समिति गठन भएको छ । समितिका अध्यक्ष जिवन पुनको अध्यक्षता, हेमराज शर्माको सञ्चालनमा सम्पन्न टोल भेलाले दल बहादुर क्षेत्रीको अध्यक्षता १३ सदस्यीय समिति चयन भएको छ । यो पनि बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान, बिनामारे, हटिया र दर्लिङमा कार्यक्रम यसरी चल्दैछ बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान‍ बिशेष संगठनात्मक अभियान जैदी, हरिचौर र ...