कुनै एक व्यक्ति वा निकायको गल्तीले अर्को पक्षले नोक्सानी बेहोर्नुपर्ने तर गल्ती गर्ने पक्षले उन्मुक्ति पाउने घटना नेपालको सन्दर्भमा नयाँ र आश्चर्यजनक होइनन् । सडकका ढलको मङ्गालको बिर्को (ढकनी) नलगाउँदा त्यसमा बच्चा फसेर बगे । मङ्गालमा बिर्को लगाउनुपर्ने दायित्व कुनै न कुनै निकाय वा व्यक्तिको हुन्छ । नागरिकहरूले सरकारका ती निकायलाई विभिन्न शीर्षकमा कर÷राजस्व तिरेका हुन्छन् । त्यस्तो कर सुरक्षित जीवनका लागि पनि हो । सडकका अग्ला रुख ढलेर मानिसको मृत्यु भएको छ । बबरमहलस्थित वन कार्यालयको जीर्ण पर्खाल भत्केर एक निजामती कर्मचारीको मृत्यु भयो तर समयमै रुख मुठार्नुपर्ने वा उक्त पर्खालको सुरक्षा गर्ने निकायले गल्तीवापत क्षति दिनुपरेन । विद्युत् लागेर, सडक दुर्घटना वा कसैले पालेको कुकुरले अर्को व्यक्तिलाई टोक्दा न व्यक्ति न निकाय जिम्मेवार हुनुपर्ने अवस्थाले सर्वसाधारणले प्राप्त गरेर सुरक्षित जीवनको संवैधानिक अधि