यतिबेला मधेसवादी दलको विरासत बोकेका दुई दल जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दुई ध्रुवमा उभिएका छन् । दुवै दलको मुद्दा, एजेण्डा, मतदाता, चुनावी क्षेत्र, मिसन लगभग उस्तै रहे पनि ती दलका नेताहरू एक अर्काको नाम पनि सुन्न चाहँदैनन् ।गत भदौमा पार्टी विभाजन भएपछि यी दुई दलबीच कुनै संवाद तथा छलफल छैन । जसपाका नेताहरूले लोसपालाई ‘प्रतिगामीका मतियार’ भन्ने गरेका छन् भने लोसपाका नेताहरूले ‘परमादेशी सरकार’को आरोप लगाउँछन् । विगतमा मोर्चाबन्दी र गठब