बाहुनडाडाँको चिसापानी सामुदायिक वनमा भीषण डढेलो

लमजुङका मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ । शनिबार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् । हावा चलेकाले डढेलो नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिबार लागेको आगो झन झन् बढ्दै गएको छ ।आगो नियन्त्रणका लागि अग्निरेखा कोरिए पनि आगोको मुस्लो ठूलो भएकाले निभाउन सकिएको छैन ।’ मर्स्याङ्दी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलो लागेको हो । वनमा

सम्बन्धित सामग्री

पाल्पाका दर्जन बढी सामुदायिक वनमा भीषण डढेलो

पाल्पाका दर्जन बढी सामुदायिक वन क्षेत्रमा शनिबार भीषण डढेलो लागेको छ । डिभिजन वन कार्यालय नजिक वनदेवी क्षेत्रका सामुदायिक वनमा दिनभर डढेलो लागेको हो । जंगलमा लागेको डढेलोले तानसेन नगरपालिका–५, बतासे क्षेत्रमा विद्युत् ट्रान्सफर्मरसहित बस्ती जोखिममा परेको स्थानीयले बताए ।

पाल्पाका दर्जन बढी सामुदायिक वनमा भीषण डढेलो

पाल्पाका दर्जन बढी सामुदायिक वन क्षेत्रमा शनिबार भीषण डढेलो लागेको छ । डिभिजन वन कार्यालय नजिक वनदेवी क्षेत्रका सामुदायिक वनमा दिनभर डढेलो लागेको हो । जंगलमा लागेको डढेलोले तानसेन नगरपालिका–५, बतासे क्षेत्रमा विद्युत् ट्रान्सफर्मरसहित बस्ती जोखिममा परेको स्थानीयले बताए ।

गुल्मीको सामुदायिक वनमा भीषण डढेलो

काठमाडौं । गुल्मीको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो लागेको छ । रेसुङ्गा नगरपालिकाको वडानम्बर–८ को खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रबार बेलुकीदेखि भीषण डढेलो लागेको हो । डढेलो नियन्त्रणका लागि स्थानीय जनप्रनिधि, सुरक्षाकर्मी परिचालन भएपनि नियन्त्रणमा आउन भने सकेको छैन् । डढेलो नियन्त्रणका लागि रेसुङ्गा नगरपालिकाको दमकलसहितको टोली पुगेपनि नियन्त्रणमा ल्याउन नसकिएको रेसुङ्गा नरगपालिका वडानम्बर […]

सुक्खा लागेसँगै जंगल र चुरे छेउछाउका बस्ती डढेलोको त्रासमा

सर्लाही : सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको चुरे र जंगल आसपासका बासिन्दा डढेलोको त्रासमा परेका छन्। सुक्खा र हावाहुरीको मौसममा जिल्लाको चुरेभेगका जंगलमा भीषण डढेलो लाग्ने गरेको छ।जिल्लाको उत्तरी चुरे क्षेत्र र पूर्व–पश्चिम राजमार्ग क्षेत्रका विभिन्न सरकारी र सामुदायिक वन तथा सागरनाथ वन विकास परियोजना, घुर्कौली, मूर्तिया वन क्षेत्रमा पनि वर्षेनि डढेलो लाग्ने गरेको स्थानीयले बताएका छन्। केही दिनअघि मूर्तिया, लालबन्दी, घुर्कौली, धरहरा वन क्षेत्रमा आगलागी भएको छ।वसन्त ऋतु सुरु भएसँगै